mero sathi tv

मह जोडीले बाढी प्रभावितको सहयोगार्थ एक लाख रुपैयाँ ,धुर्मुस सुन्तली बाढी प्रभावित क्षेत्रमै जाने

पुर्वी जिल्लामा गएको बाढी पहिरोबाट प्रभावित भएकाहरुको लागि नेपाली फिल्मकर्मीले सहयोगी भावना देखाएका छन् । समाजिक सञ्जाल मार्फत दुःख व्यक्त गर्दै प्राभावितको उदार र सुरक्षामा सरकारलाई आग्रह गरेका उनीहरुले आर्थिक सहयोगको समेत घोषणा गरिरहेका छन् ।

बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह जोडी’ले बाढी प्रभावितको सहयोगार्थ एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् । यस्तै कलाकार तथा निर्माता दिपकराज गिरीले व्यक्तिगत रुपमा एक लाख, नायिका पूजा शर्मा एक लाख, प्रियंका कार्कीले ५१ हजार दिने घोषणा गरेका छन् । चलचित्र कलाकार संघले आफ्नो कोषबाट बाढी पिडितका लागि ६५ हजार दिने निर्णय गरेको छ । निर्मल शर्मा, दिपाश्री निरौला लगायत कलाकर्मीले पनि बाढी पिडितका लागि आर्थिक सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

यस्तै नमुना नेपाल निर्माणमा जुटेका सिताराम कट्टेल धुर्मस र कुञ्जना घिमिरेले उद्धार तथा राहत वितरणका लागि धुर्मुस सुन्तली फाउण्डेशनबाट त्यसतर्फ राहतका प्याकेज लिएर जाने निर्णय गरेका छन् । चलचित्र निर्माता संघले विपतको घडीमा सर्तकता अपनाउन अनुरोध गर्दै प्रेस विज्ञप्ती जारी गरेको छ ।

गृह नगर विरटनगर भएकी नायिका बर्षा सिवाकोटीले सहयोगको लागि जाने उल्लेख गर्दै मन छुने स्टाटस पोस्ट गरेकी छिन् । करिश्मा मानन्धर, झरना थापा, रेखा थापा, आर्यन सिग्देल, सुदर्शन थापा लगायत फिल्मकर्मीले बाढी प्रभावितको सहयोगको अपिल गर्दै सरकारलाई तत्काल उनीहरुको उद्धारमा लाग्न आग्रह गरेका छन् ।

भिडिओ हेर्नुस 

Leave A Reply

Your email address will not be published.