mero sathi tv

शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४ प्रमाणीकरण, यस्तो छ अस्थायी शिक्षक सम्बन्धी व्यवस्था

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘शिक्षा (नवौँ संशोधन) विधेयक, २०७४’ प्रमाणीकरण गरेकी छिन ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेका अनुसार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको जानकारी दिए । व्यवस्थापिका–संसदको बैठकबाट केही समयपहिले उक्त विधेयक पारित भएको थियो ।

यस अगाडि नवौं संशोधनको प्रमाणिकरण हुनुहुँदैन भन्दै चर्को विरोध भएको थियो । अस्थायी शिक्षकको माग पूरा गराउनका लागि शिक्षामन्त्री गोपालमान श्रेष्ठले संशोधन दर्ता गरेको भन्दै विभिन्न शिक्षाविद्हरुले विरोध गर्दै आएका थिए ।

शिक्षा ऐनको आठौं संशोधन पूर्ण रुपमा कार्यान्वयन नहुँदै नवौं संशोधन गरिनु राम्रो नहुने भन्दै विभिन्न दलका नेताहरुले विरोध गरेका थिए ।

संशोधन प्रमाणिकरण भएसँगै अस्थायी शिक्षकका लागि आह्वान गरिएको शिक्षक परीक्षाका लागि बाटो खुलेको छ । यस अगाडि अस्थायी शिक्षकका आन्दोलन तथा विभिन्न कारणले शिक्षक सेवा आयोगले शिक्षक परीक्षा पटक पटक सार्नु परेको थियो ।

Leave A Reply

Your email address will not be published.