mero sathi tv

किन रोइन बिमा कुमारी दुरा स्टेजमै (भिडियो हेर्नुहोस)

पोखरा । ‘ठाडोभाका शिरोमणि’ उपाधी प्राप्त गरेका स्वर्गिय भेँडीखर्के साइँला अर्थात दीर्घराज अधिकारीको सम्झनामा लमजुङमा एकदिने खुला राष्ट्रव्यापी ठाडोभाका गीत प्रतियोगिताको आयोजना गरिएको छ । प्रतियोगिता भेँडीखर्केको ४५ औँ दिनको अवसर पारेर आयोजना गरिएको हो ।  नेपाल पूर्व प्रहरी संगठन लमजुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङको आयोजना, ठाडो भाका लोककला प्रतिष्ठान नेपाल, लमजुङ र ईन्द्रेणी साँस्कृतिक विकास केन्द्रको सहआयोजनामा प्रतियोगिता भएको हो ।  प्रतियोगितामा लमजुङ, तनहुँ, गोरखाका गरी २६ समूहको सहभागिता रहेको थियो । मौलिक भेषभूषामा सजिएर आएका प्रतियोगिताका सहभागिहरुले भेँडखिर्के साइँलाको सम्झनामा ठाडोभाका प्रस्तुत गरेका थिए ।

यसै क्रममा उत्त कार्यक्रममा वरिष्ठ लोक गायिका बिमा कुमारी दुराको पनि उपस्थिति रहेको यिथो । दुरा आजकाल पारिवारिक जिन्दगी विताइरहेकी छिन् । उनि कार्यक्रममा आउदा कार्यक्रमको सोभा नै उनि बनिरहेकी थिइन । यसैक्रममा हामीले उन्नले गाएको ठाडोभाको को यहाँ प्रस्तुत गरेका छौं जहाँ उनि गाउदा गाउदा यसरी रोइन । भिडियो

 

Leave A Reply

Your email address will not be published.