mero sathi tv

प्रहरीको गोली लागेर झापामा एक जनाको मृत्यु

झापाको विर्तामोडमा प्रहरीको गोली लागि एक जनाको मृत्यु भएको छ ।

झापा अर्जुनधधारा ११ का नरेश थापाको प्रहरीको गोली लागि मृत्यु भएको हो । गोली लागेपछि उपचारका लागि मेची अञ्चल अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।

बालक हत्याको विषयमा स्थानीय र प्रहरीबीच झडप भएपछि तनावग्रस्त भएको झापाको विर्तामोडमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

शुक्रबार दिउँसो साढे १ बजेबाट प्रशासनले कर्फ्यु लगाएको हो । तर, आक्रोशित सर्वसाधारणले कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन जारी राखेका छन् । आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यलय नजिकै रहेका दर्जनौ सवारी साधन आगजनी समेत गरेका छन् ।

स्थानीय प्रशासनले पुर्वमा वसपार्क, पश्चिममा चारपने, उत्तरमा माहानन्द चोक र दक्षिणमा विर्ताबजारसम्म कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी विष्णुकुमार केसीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार कर्फ्यु अनिश्चितकालका लागि लगाइएको हो ।

Leave A Reply

Your email address will not be published.