mero sathi tv

मुग्लिन नजिकै सडकमा एक व्यक्ति मृत भेटिए

मुग्लिन नजिकै ईच्छाकामना गाउपालिका–६, कालिखोलामा आज बिहान १ व्यक्ति मोटरसाईकलसँगै मृत अवस्थामा भेटिएको छ । मृतकसँगको कागजात अनुसार मृतक वारपाक–९, गोरखाको ५० वर्षिय देवराज घले रहेको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी प्रमुख प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिनुभयो । मृतकको साथमा ग ७ प ७६७२ नं. को मोटरसाईकल समेत फेला परेको छ तर दुर्घटनाको कुनै संकेत नपाएकोले मृतकलाई कुनै स्वास्थ्य समस्या भएर मृत्यु भएको आशंका प्रहरीले गरेको छ । मृतकको आफन्तलाई खबर गरिसकेको र लाश पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको समेत उहाँले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.