mero sathi tv

नेपालमा अनलाइन ब्यापार ब्यबसायको भबिष्य राम्रो छ – युवा महिला उद्धमी सपना घिमिरे

बिगत चार बर्ष देखि नेपाल सप अनलाइन ब्यबसाय तथा जब सोलुसन नामक कम्पनि संचालन गरेर सयौ युवाहरुलाई रोजगार दिन सफल नाम हो सपना घिमरे l अनलाइन सप मार्फत हरेक प्रकारका सामानहरु बिक्रि वितरण तथा होम डेलिभरीको समेत ब्यबस्था गर्दै आएकी युवा उद्धमी सपना घिमिरे अनलाइन सप ब्यबसाय मात्र नभएर जब सोलुसन नेपाल कम्पनि बाट जब प्लेसमेन्ट अर्थात बेरोजगार युवा युवतीहरुलाई अन्य कम्पनीहरु संग समन्वय गरि रोजगारी प्रदान गर्ने काम समेत गर्दै आएकी छिन

युवा महिला उद्धमी सपना भन्छिन अहिलेका मानिसहरु सबै जना ब्यस्त हुन्छन आफ्नो आफ्नो काम धन्दा तथा व्यवसायमा अनि भने जस्तो रोजे जस्तो आफुलाई चाहिने सामाग्रीहरु खरिद गर्नलाइ समय पनि निकाल्न हम्मे परेको हुन्छ तसर्थ हामीले संचालन गरेको अनलाइन सप बाट सम्पूर्ण किसिमका गुणस्तरयुक्त सामानहरु, आफुले रोजे जस्तो सुपत तथा सरल तरिकाले घरमानै डेलिभरी हुने भएकोले गर्दा पनि आजकल अनलाइन सप ब्यबसायको आकर्षण राम्रो बन्दै गएको छ l

नेपालमा अहिले अनलाइन सप ब्यबसाय फ़स्टाउदो छ जसले गर्दा मानिसको समय बचत हुनको साथै आर्थिक रुपले पनि सस्तो र गुणस्तर युक्त अन्तराष्ट्रिय स्तरको सामानहरु घरमानै उपलब्ध हुने भएकोले गर्दा यस ब्यबसायको भबिष्य राम्रो र मानिसहरुले हरेक सामाग्रीहरु अनलाइन बाटनै अर्डर गरि समयको बचत समेत हुने भएको कारणले दिनानुदिन अनलाइन सपिङ गर्नेको संख्या बढ्दो रहेको कुरा नेपाल सप अनलाइनकि संचालिका सपना घिमिरे बताउछिन l

एक्काइसौ शताब्दीमा प्राय मानिसहरु ब्यस्त रहने कारणले तथा अहिलेको युग इन्टरनेटको भएकोले गर्दा पनि समय अनुसार ब्यबसायको स्वरुप परिबर्तन भएको कुरा सपना बताउछिन l जब्स सोलुसन मार्फत अन्य कम्पनिहरु संग सहकार्य तथा हातेमालो गर्दै सयौ बेरोजगार युवा युवतीहरुलाई रोजगारी प्रदान गर्दै आएकी उनि युवा पुस्ताकी आइकनको रुपमा परिचित छिन l दक्ष, इमान्दार कामदारहरु लाइ रोजगारी प्रदान गरेकोमा रोजगारदाता कम्पनि तथा रोजगारी पाउने दुवै पक्ष खुसि बनाएर आफ्नो छुट्टै पहिचान बनाउन सफल युवा महिला उद्धमी सपना घिमिरे बिदेशमा गएर काम गर्नु भन्दा आफ्नै देशमा मेहनत परिश्रम गर्नु पर्ने कुरामा जोड दिन्छिन l

अर्गखाची जिल्ला जन्मथलो भएकी सपना बिगत ६ बर्ष देखि काठमाडौँलाइ कर्मथलो बनाएर सानै उमेर आफ्नै ब्यापार ब्यबसाय संचालन गर्दै आएकी एक सफल युवा महिला उद्धमीको रुपमा परिचित छिन l विभिन्न संघ सस्थामा समेत आबद्ध रहेर समाजसेवामा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएकी सपना आफ्नो मेहनत र परिश्रममा बिस्वास गर्छिन l

Leave A Reply

Your email address will not be published.