mero sathi tv

फेरि अर्को दुखद खबर सूमो र माईक्रो बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या १८ पुग्याे

उदयपुरको सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिका वडा नं. ११ स्थित ठाटी भन्ने ठाउँमा सुमो दुर्घटना हुँदा मृत्यु हुनेकाे संखया ९ जना पुगेकाे छ ।

कटारीदेखि करिब ३५ किलोको दुरीमा ना.१ ज ३४०४ नम्बरको सुमो दुर्घटना हुँदा सात पुरुष एक महिला र चालक सहित मृत्यु हुनेकाे संख्या ९ पुगेकाे हाे । दुर्घटनामा एक महिला र एक बालक सकुशल रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख नवराज भट्टले जानकारी दिए ।सुमोमा ११ जना सवार रहेका थिए । मृतकहरूको सनाखत हुन सकेको छैन् ।

छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा १८ यात्रुको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बुटवलबाट तम्घास जाँदै गरेको माइक्रो र उदयपुरको कटारीबाट ओखलढुंगा गइरहेको सुमो दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो ।

बुटवलबाट गुल्मीको तम्घास जाँदै गरेको माइक्रोबस गुल्मी दरबार गाउँपालिका-४ बीरबास नजिकै  दुर्घटना भएको छ । दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् । केही घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन । उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार घटनास्थलतर्फ प्रहरी टोली पठाइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए । स्थानीय बासिन्दाले जिप सडकबाट करिब ८ सय मिटर तल खसेको छ ।

Leave A Reply

Your email address will not be published.