mero sathi tv

कम उमेरमै कपाल फुल्दा यस्तो रोगको संकेत हुन सक्छ

समय अगावै कपाल फुल्न थालेका व्यक्तिलाई मुटु रोगको जोखिम हुन सक्ने एक अध्ययनले देखाएको छ ।

यो अनुसन्धान स्पेनको मलागामा अप्रिल महिनाको पहिलो सातामा युरोपियन एसोसिएसन अफ प्रिभेन्टिभ कार्डियोलजीको वर्षेनी आयोजना गरिने कंग्रेस युरोप्रिभेन्ट २०१७ मा प्रस्तुत गरिएको हो ।

अनुसन्धानअनुसार उमेर कम भए पनि कपाल सेतो हुनुले व्यक्तिको जैविक उमेर दर्साउँछ र यो मुटु रोगको चेतावनीको संकेत हुन सक्छ ।

एथेरोस्केलेरोसिसको निर्माण धमनीभित्र बोसोजन्य सामग्री हुन्छ र कपाल सेता हुनुमा समानता छ । दुवैको कारण बिग्रेको डीएनए, सुन्नाइ, अक्सिडेन्टिभ तनाव, हर्मोनमा परिवर्तन– लगायत हो ।

एथेरोस्केलेरोसिस र कपाल सेतो हुनु एकैजस्तो जैविक प्रक्रियाले हुन्छ र उमेर बढेसँगै दुवैमा वृद्घि हुन्छ ।

Leave A Reply

Your email address will not be published.