mero sathi tv

उम्रेको लसुन पात र पोटीका यस्ता नसोचेका फाईदा हेर्नुहोस

लसुन Alliaceae परिवारमा पर्ने प्याज प्रजातिको मसला हो। यसको नजिकका अरू प्रजातिहरू प्याज, छ्यापी आदि हुन् ।

परापूर्वकालदेखि नै लसुन पकवान र औषधिको रूपमा प्रयोग हुदै आएको छ। लसुनका पोटिहरू मिलेर बनेको दानो यसको बिरुवाको सबैभन्दा बढी प्रयोग हुने भाग हो भने पातसमेत प्रयोग हुन्छ। एक पोटि मात्र फाल्ने लसुन बाहेक अरु लसुनका दानामा धेरै पोटिहरू हुन्छन। पोटिहरू काँचो वा पकाएर खाइन्छ वा औषधिको रूपमा प्रयोग गरिन्छ।
यसको स्वाद पर्पर्याउने (pungent) हुन्छ तर जब पकाइन्छ यो केही गुलियो र स्वादिलो हुँदै जान्छ। यसको पात, जमिनमुनि रहेको काण्ड(पोटी) र फूल पनि खान योग्य हुन्छ । लसुनमा एन्टिअक्सिडेन्ट पाईने हुनाले यो निकै लाभदायक छ।

लसुनको सेवनबाट निम्न रोगहरुको नियन्त्रण गर्न सकिन्छ ।

रुघाखोकी/ चिसो : रुघाखोकी/ चिसोमा उम्रेको पुरानो लसुन व्यक्तिलाई दिएमा त्यो ठिक हुन्छ ।

कान दुख्ने, पिप आउने , खटिरा आदि भएमाः ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनूनको धूलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।

घाँटी बसेमा:एक/दुई पोटी लसुन चपाएर मन तातो पानीमा निलेमा पनि घाँटी बसेको दुई/तीन मात्रामै ठीक हुन्छ ।

दाद आएमा :लशुन सहितको घरेलु उपचार कोठी सखाप पार्न अत्यन्तै भरपर्दो उपायका रुपमा लिइने गरिन्छ । किनकि यसमा इन्जाइमको मात्रा लुकेको हुन्छ जसले मिगमेन्ट उत्पादन गर्ने स्रोतहरुलाई नै सखाप पार्ने काम गर्छ ।

कोठी झार्न: लशुनको केस्रालाई सिलौटोमा पिन्नुहोस् र कोठीमाथी लशुनको लेप लगाउनुहोस् । अनि यसलाई सफा कपडा तथा प्लास्टरले ढाक्नुहोस् र करिव २-३ घण्टा सम्म छोडिदिनुहोस् । यो प्रक्रिया केही दिन सम्म अपनाउनुहोस् । कोठी झरेर जानेछ । यो घरेलु बिधि अपनाउनाले पाँचदिन भित्रमै परिणाम देखा पर्न थाल्छ ।

ब्लडप्रेसर: ब्लडप्रेसरको नियन्त्रण राख्नको लागि उम्रेको लसुन एकदम फाइदा हुन्छ। यसको नियमित सेवनबाट ब्लडप्रेसर सम्बन्धि समस्याबाट बच्नलाई सहायोग पुग्छन।

Leave A Reply

Your email address will not be published.