mero sathi tv

एकल महिलाका छोराछोरीको पठनपाठनको व्यवस्था गर्न माग

सरकार पक्षबाट र तत्कालीन बिद्रोही पक्षबीचको द्वन्द्वको घटनामा पीडित भएका महिलाहरुले सरकारले आफुहरुको बेवास्ता गरेको गुनासो गरेका छन् । द्वन्द्व पीडित एकल महिलाले आफ्ना छोरा छोरीलाई पढाउन नसेको भन्दै राज्यले शिक्षा दीक्षाको व्यवस्था गर्न समेत माग गरेका छन् ।
.
बिहीबार कपिलवस्तुमा दिगो शान्तिका लागि द्वन्द्व प्रभावित महिलाहरुमा न्यायमा पहुँच विषयक कार्यक्रममा कपिलवस्तुका महिलाहरुले सरकारले द्वन्द्व पीडित महिलालाई न्याय नगरेको गुनासो गरेका हुन् । द्वन्द्वको बेलामा भएको घटनालाई ढाकछोप गरेको तथा महिलाको पीडामा महलमपट्टी लगाउनुको सट्टा उल्टै पीडा दिएको उनीहरुको गुनासो छ ।

कपिलबस्तुमा बेपत्ता, मृतक राहत स्वरुप शान्ति समितिको तर्फबाट १ सय ८३ जना द्वन्द्व पीडितले १० लाखका दरले राहत पाएको जिल्ला शान्ति समिति कपिलवस्तुले जनाएको छ । ३ जनाले ५ लाखका दरल राहत पाएका छन् भने २५ हजारका दरले ५ राहत पाएको र एक टुहुरा बालकले २५ हजार रुपैयाँ राहत पाएको जिल्ला शान्ति समिति कपिलवस्तुले जनाएको छ

Leave A Reply

Your email address will not be published.