mero sathi tv

गोकर्णेश्वर महादेवको ऎतिहासिक महत्व

गोकर्णेश्वर महादेवको मन्दिर नेपालकै एक प्राचीन र महत्वपूर्ण मन्दिर हो । यो मन्दिर काठमाडौको ५ माइल पूर्व गोकर्णमा पवित्र वागमती नदीको किनारमा अवस्थित छ । बौद्धनाथको उत्तरपूर्व केही दूरीमा साखु जाने सडक र सुन्दरीजल जाने बाटो भएर यस तीर्थमा पुग्न सकिन्छ । वागमती, चन्द्रमती र सूर्यमतीको त्रिवेणी संगम र गोकर्ण वनले बनाएको सुरम्य वातावरणयुक्त स्थलमा भगवान गोकर्णेश्वर महादेवको भव्य मन्दिर छ । गोकर्ण धार्मिक तथा अन्य पर्यटकहरूका लागि पनि एक प्रसिद्ध र महत्वपूर्ण गन्तव्य स्थल हो ।

गोकर्णेश्वर महादेवको मन्दिर
नामकरणः काठमाडौलाई वराहपुराणमा पशुपति क्षेत्र भनिएको छ । यस गोकर्ण तीर्थको नामकरण ‘गोकर्ण’ कसरी रहन गयो भन्नेबारेमा निश्चित प्रमाण पाइएको छैन। गोकर्ण भन्नाले गाईको कान भन्ने बुझिन्छ । यति हँुदाहुदै पनि यसको विभिन्न अर्थ लगाइएको पाइन्छ । नेपाली बृहत् शब्दकोशमा गोकर्णको विभिन्न अर्थहरू दिइएको छ ।

काठमाडौको पूर्वोत्तरमा रहेको एक प्रसिद्ध शैव तीर्थ, भागवत प्रसिद्ध धुन्धुकारीका भाइको नाम, गाईको जस्तो कान हुने एक मृग, गाईकाने बराठे आदि अर्थहरू लगाइएको छ । गयामा जस्तै तीर्थ भएकोले यस उत्तरगया क्षेत्रको नाम ‘गोकर्ण’ रहन गएको हो । यसै नामबाट भाद्रकृष्ण औंसीमा मेला लाग्ने कारणले ‘गोकर्ण औसी’ पनि भन्ने गरिएको छ । कुनै भाषावंशावली अनुसार पाञ्चल देशका राजा वृषकर्णका छोरा गोकर्णले आफ्ना बाबु र आफ्नो समेत मुक्तिका लागि गोकर्णेश्वर महादेवको स्थापना गरेको ठाउँ हुनाले गोकर्ण भनिएको हो ।

गोकर्णेश्वरको उत्पत्ति
भगवान गोकर्णेश्वर महादेवको उद्भवसम्बन्धी अनेक लोकोक्ति, जनधारणा र विश्वास नेपाली जनजीवनमा व्याप्त छन् । नेपाल महात्म्यमा शिवरूपी मृगको सिङलाई पितामह ब्रहृमाले महालिङ्गका रूपमा गोकर्ण वागमती तटमा गोकर्णेश्वरको नामले स्थापना गरेको उल्लेख छ । देवमाला वंशावली, भाषा वंशावली, पशुपति पुराण आदिमा गोकर्णेश्वरको उत्पत्तिबारे चर्चा गरिएको छ ।

गोकर्णको इतिहास
गोकर्णको इतिहास केलाउँदै जाने हो भने निकै प्राचीन कालसम्म पुग्न सकिन्छ । पुरातात्विक प्रमाणको आधारमा यस क्षेत्रको इतिहासलाई राजा मानदेवकाल अर्थात लिच्छविकालसम्म पु¥याउन सकिन्छ भने साहित्यिक प्रमाणको आधारमा निकै अगाडिसम्म लैजान सकिन्छ। पहिले काठमाडौं उपत्यका उपत्यका नागदह (पोखरी)को रूपमा रहेको बेला चीनबाट आएका बोधिसत्व मञ्जुश्रीले भगवान र मानव प्राणी दुवैको फाइदा हुनेदेखि गोकर्ण, चोभार आदि स्थानका पहाडलाई खड्गले काटी पानी बग्न सजिलो पारेका थिए ।
परिणामस्वरूप काठमाडौं उपत्यकाको पोखरीको पानी बाहिर निस्की सुख्खा बस्तीयोग्य हुन पुग्यो । प्राचीन समयमा जलमग्न रहेको काठमाडौं उपत्यकाको गोकर्णमा कहिले बस्ती बस्यो भन्नेबारे प्रमाणको अभाव छ । चाँगुमा प्राप्त ऐतिहासिक प्रमाणको आधारमा वि.सं ५२१ तिर गोकर्णमा पनि बस्ती बसी सकेको मान्न सकिन्छ ।

यतिमात्र नभएर किरात कालदेखि नै यस क्षेत्रमा बस्ती भई विकसित रूपमा रहेको भन्ने इतिहासकारहरूको भनाइ रहेको छ । त्यस्तै लिच्छवि राजाको दरबार मानगृह कहाँ थियो भन्नेबारे विभिन्न अड्कल गरिए तापनि हालसम्मको खोजबाट गोकर्णमा नै थियो भन्ने यकिन भएको छ ।
त्यस्तै इतिहासकारहरूले अंशुवर्माको कैलाशकूट भवन विभिन्न ठाउमा रहेको अड्कल गरेको पाइन्छ। श्यामसुन्दर राजवंशीका अनुसार साम्बपुर नै कैलाशकूट भवन भएको ठाउ हो। प्रबल मानेश्वर भनेर गोकर्णेश्वर महादेवलाई नै भनिएको हुनुपर्छ । सोही कुरालाई पुष्टि गर्ने अर्को आधार हो अंशुवर्माको संवत् ५३६को गोकर्ण बालुवा गाउको अभिलेख हो। कैलाशकूट भवन गोकर्णको आसपास हुनुपर्छ भन्ने कुरा अभिलेखमा प्रयोग भएको अहिन्दूकोट्ट शब्दबाट स्पष्ट सङ्केत प्राप्त भएको देखिन्छ ।

गोकर्णेश्वरको ऐतिहासिकता

नेपालका विभिन्न शैव मन्दिरहरूमध्ये गोकर्णेश्वर मन्दिर सत्य युगदेखि नै एक महत्वपूर्ण र प्रसिद्ध तीर्थस्थलका रूपमा परिचित छ । शक्तिसंगमतन्त्र एवम् वराहपुराणमा गोकर्णेश्वर र जलेश्वरको महात्म्यको वर्णन गरिएकोले यहाको गोकर्ण निकै प्राचीन तीर्थ रहेको बुझिन्छ । रावणले यही तपस्या गरी त्रैलोक्य विजय गर्ने वर पाएका थिए । त्यस्तै गोकर्ण प्राचीन तथा महत्वपूर्ण तीर्थ भएकोले बङ्गाली राजा धर्मपाल यहा आएका थिए । गोकर्णेश्वर महादेवको प्रस्तरलाई हेर्दा यो एउटा कालो प्राकृतिक प्रस्तर हो र यसको अवधि प्रागऐतिहासिक नै हो ।

यो मन्दिर राजा जयस्थिति मल्लले इ.स.१४२२ मा जीर्णोद्वार गरी नित्यपूजा र अन्य पर्वोत्सवका लागि गुठीको समेत व्यवस्था गरेका थिए । तर सो पूर्व कसले कुन समयमा बनाएको हो ।
अहिलेसम्मको अन्वेषणबाट थाहा हुन सकेको छैन । यहा नेपाली संवत् ७०३ मै गोपीराना भारोले गजुरमा सुवर्ण कलश ध्वजा चढाए भने लिच्छवि राजा मानदेव प्रथमले निर्माण गराएको ‘मानगृह’ पनि गोकर्णमा नै रहेको, साथै मन्दिरको कलाकौशल, टुँडालमा रहेका कलाकृतिका आधारमा यो मन्दिर लिच्छविकालीन हो भन्ने पुरातत्वविद्हरूको दाबी छ ।
यस मन्दिरलाई १९९० सालको महाभूकम्पले विध्वंस गर्न नसक्नु पनि महत्वकै कुरा छ । पछि ७५ प्रतिशत दाता र २५ प्रतिशत तत्कालीन श्री ५को सरकारबाट खर्च बोक्ने सिद्धान्तमा पुरातत्व विभागद्धारा जीणोद्वार कार्य गरिएको थियो । गोकर्णेश्वर मन्दिरको हेरविचार, मर्मत(सम्भार र जीर्णोद्वार कार्य विभिन्न समयमा विभिन्न संस्थाहरूबाट हुँदै आएको छ । कला र वास्तुकलास् गोकर्णेश्वर मन्दिरलाई कला र वास्तुकलाको भण्डार भने पनि हुन्छ । काष्ठकलाले भरिपूर्ण यो मन्दिर कुनै पनि मल्लकालीन राम्रा मन्दिरहरू भन्दा कम छैन् । यहाँका काष्ठ तोरण, टुँडाल पनि प्रशंसनीय छन् । तीन तले यो विशाल मन्दिरको माथिल्लो एक छाना तामाको पातायुक्त सुनको मोलम्बा गरिएको छ ।

गजुर पनि तामाको स्वर्ण मोलम्वायुक्त रहेको यो मन्दिरको तल्ला दुईवटा छाना चाँही झिागटीले छाइएको छ । तेस्रो तथा माथिल्लो छानाको चार सुरमा शुभको प्रतीक मानिने चारवटा पूर्ण कलश झुण्ड्याइएको छ । मन्दिरको दक्षिणतर्फ प्राङ्गण छेउमा ललितत्रिपुरासुन्दरीले राखेको विशाल घण्ट रहेको छ । गोकर्णेश्वर महादेव मन्दिर ढुङ्गा, इँटा र काठबाट बनेको छ ।
मन्दिरका टुँडालहरूले नैतिकथा, चिन्हहरू सामाजिक क्रियाकलापको प्रस्तुति सँगसँगै सौन्दर्यानुभूति पनि गराइरहेको हुन्छ । यस मन्दिरको तीनवटै छानालाई काठका टुँडालले अड्याइएको छ। टुाडालमा देवी देवताका सुन्दर आकृति शैवधर्मसँग सम्बन्धित दृश्यहरू अङ्कित गरिएका छन् । यस मन्दिरमा प्रयुक्त टँुडालहरूमा अश्लील र कामुक आकृतिहरू नकुदिएबाट यहाँका टुडाल प्राचीन हुन् भन्न सकिन्छ । यस मन्दिरमा प्रयुक्त जम्मा ६० वटै टुडालका उच्च स्तरीय काष्ठकला भने ज्यादै प्रशंसनीय छ ।

नेपाली शैलीका मन्दिरलगायत विहार, पुराना दरबार, झ्याल आदि माथि राखिने अर्धचन्द्रकार या अर्धगोलाकार काठ या धातुको कलात्मक वस्तुलाई नै तोरण भनिन्छ । गोकर्णेश्वर मन्दिरको बाहिर पूर्व मूल ढोकामाथिको साथै मन्दिरको मूल ढोकाभित्रको अर्को खण्डको चारैतिरका चार ढोकामाथि पनि एक÷एकवटा गरी जम्मा चारवटा तोरण रहेका छन् । यी सम्पूर्ण तोरण मन्दिर प्रवेशद्वारको बाहिरी ढोकामाथि रहेको तोरणजस्तै स्वर्ण नै छन् भने ती तोरणहरूको केन्द्रमा पनि शिव र पार्वती उमामहेश्वरकै अवस्थामा रहेका छन् ।
ढोका÷झ्यालः गोकर्णेश्वर मन्दिरमा पनि चारैतर्फ तीन(तीनवटा गरी जम्मा बाह्रवटा ढोका निर्माण गरिएका छन्। चारै दिशाका बाहिरी ढोकाहरूको दाया बाया दुवैतर्फ तल भित्तामा काष्ठभैरवका भिन्न(भिन्न स्वरूप र आयुध लिएका मूर्तिहरू कुदिएका छन्। अष्ट काष्ठ भैरव मूर्ति पखेटामा रावणले बोकी हिडेका कथामा आधारित भई कुदिएका छन् र अर्को्तिर गजेन्द्रमोक्ष, वासुकीलगायतका मूर्ति काुदिएका छन् । गजेन्द्र मोक्षमाथि इन्द्राकृति, त्यससागै शवमाथि रहेको भैरव, वीरभद्र र ग्रह आदि काष्ठ मूर्तिहरू छन् ।

यो मन्दिरको मूल पूर्वी ढोकाभित्र अर्को खण्ड छ जहा चारैतिर चारवटा ठूल्ठूला स्वर्ण द्वारहरू र सुनको मोलम्बा गरिएका ढलोटका कार्नेस छन् । मन्दिरको गर्भगृहमा जलहरीसहितको अण्डाकार कालो ढुङ्गाको गोकर्णेश्वर शिवलिङ्ग स्थापना गरिएको छ । जसलाई शिवरूपी मृग सिङको एक टुक्राको रूपमा ब्रहृमाले प्रतिस्थापन गरिएको विश्वास गरिन्छ । मन्दिरको तीनवटै तलामा गाह्रोको बीचमा मिलाएर झ्यालहरू राखिएका छन् । गोकर्णेश्वर मन्दिरको पहिलो र दोस्रो तलाको चारै दिशामा बीचमा एउटा केही ठूलो र दाया बाया एकएकवटा गरी जम्मा २८ वटा झ्याल कलाका नमूना रहेका छन् ।

मन्दिरको भित्री खण्डः
यस मन्दिरको ढोका, द्वार, तोरण, टुँडाल, झ्याल, ढोकाका दुबैपट्ट रहेका आठआठवटा काष्ठ भैरव गङ्गा, जमुना, नागकन्या र शिवगणका मूर्तिहरू, नागबेली आकृति आदि नेपालका अन्य मन्दिरहरूको तुलनामा चाखलाग्दा उत्कृष्ट र मनमोहक छन् ।
यस गोकर्ण क्षेत्रमा विभिन्न धार्मिक तथा लौकिक वास्तुकलाका नमूनाहरू यत्रतत्र छरिएर रहेका छन्। गोकर्णेश्वर मन्दिरको पश्चिमोत्तर वायण्य कोणमा आठौ शताब्दीको एक पुरानो मूर्ति रहेको एउटा पार्वतीको मन्दिर रहेको छ । त्यसमा पनि प्रसिद्ध गोकर्ण मन्दिरको इशानकोणतर्फ मिश्रति शैलीको श्री ३ जंगबहादुरकी आमा रक्षाकुमारीले वि.स.१९११मा निर्माण गरेको एक महत्वपूर्ण गदाधर नारायण मन्दिर रहेको छ । शास्त्रमा विष्णुपादुकालाई विष्णुले पितृको उद्धार गरेको पवित्र स्थल मानिन्छ। यस मन्दिरमा रहेको विष्णुपादुकामा राखी पिण्डदान र्गयो भने सबैभन्दा ठूलो पुण्य मिल्ने कुरा वराह पुराणमा उल्लेख छ । पितृकृत्यको लागि गदाधरको सानित्य अत्युत्तम मानिन्छ । आफ्नै महìव रहेको विष्णुपादुका स्थानमा श्राद्ध गर्दा मृतकहरूले स्वर्गमा बास पाउछन् भनी विश्वास गरिन्छ ।

गोकर्णेश्वर मन्दिर वरपर पनि यात्रु, बटुवा, गुरू, साधु, पुजारी आदि विविध प्रकारका व्यक्तिहरूको विश्रामस्थल राति बास बस्न सजिलोको लागि निजी तथा सरकारी दुवैतर्फबाट थुप्रै पाटी, धर्मशाला र सतल आदि लौकिक वास्तुकलाको निर्माण हुँदै आएको पाइन्छ ।
गोकर्णेश्वर मन्दिर आसपास रहेका विष्णुपादुका तीर्थ, त्रिवेणी धाम, पितामहमहातीर्थ, सप्तषिर्तीर्थ, पिङ्गला योगिनी, वाग्मती उत्तरवाहिनी तीर्थस्थल र गोकर्ण वनले महìवपूर्ण स्थान राख्छन्। गोकर्णेश्वर महादेव मन्दिर पूर्वतर्फ पवित्र उत्तरवाहिनी स्थान रहेको छ ।
पञ्चमुखी हनुमान र कान्तिभैरव मन्दिर बीच भएर बागद्वारबाट उत्पन्न भई बग्दै आएको पवित्र वाग्मती दक्षिणबाट उत्तरतर्फ फर्केर बगेको हुनाले यस ठाउालाई ‘उत्तरवाहिनी’ भनिन्छ । यो उत्तरवाहिनी क्षेत्र धार्मिक, सांस्कृतिक, एवम् ऐतिहासिक, पुरातात्विक महत्का वास्तुकला र कलाकृतिका नमुनाहरू यत्रतत्र छरिएर रहेका छन् ।

गोकर्णेश्वर नित्य पूजाः
गोकर्णेश्वर मन्दिरमा नित्य एवम् नैमित्तिक पूजापर्वहरू आफ्नै किसिमका छन्। यस मन्दिरमा बिहान नित्य पूजा र बेलुकी पख आरती गर्ने परम्परा छ । यहाको नित्य पूजा तथा आरती वैदिक र तान्त्रिक विधिबाट गरिन्छ । राजा जयस्थिति मल्लले नित्य पूजाको लागि गुठीको व्यवस्था गरी दक्षिणी भट्टद्वारा पूजा गर्ने परम्पराको थालनी गरिएको यो मन्दिर सोही समयदेखि हालसम्म गुठी संस्थानकै स्वामित्वमा रहिआएको छ ।
नैमित्तिक पूजास् तिथिपर्व विशेषको महìवका कारण कतिपय अवसरहरूमा गोकर्णेश्वर मन्दिरमा भीडभाडसमेत हुने गर्दछ । यहा कुशेऔंसी, कृष्णाष्टमी, साउनको सबै सोमबार, पौसे औांसी, शिवरात्रि, अक्षय तृतीया आदि अवसरहरू विशेष उल्लेखनीय छन् । हाम्रो नेपाली संस्कृतिले मातापितालाई मातृदेवो भवः’ र पितृदेवो भवः’ भनी साक्षात जीवित देवताकै रूपमा मानेको छ ।

त्यसैले हामी नेपालीहरूले देवतुल्य आफ्ना मातापिताको स्मृतिमा मातृ एवम् पितृदिवसका दिन जीवित पितालाई तिनका सन्तानले मिष्ठान्न, अनेकौ प्रकारका लत्ताकपडा आदि चढाइ ढोग गर्ने चलन छ । मातापिताले पनि आफ्ना प्यारा सन्तानलाई सुख, शान्ति, समृद्धि तथा दीर्घायुको आशीर्वादसहित सुरक्षाको अनुभूति गराउँछन् । भाद्रकृष्ण औसी अत्यन्त विशिष्ट धार्मिक पर्व मात्र नभएर यो पितृसम्मानको पर्व र पारिवारिक पुनर्मिलनको सामाजिक पर्व पनि हो। कुशेऔासी, पितृभक्तिको प्रतीक र मोतीजयन्ती यी तीनै पर्वको त्रिवेणीसमेत बनेको यस पर्वले हामीलाई आफूभन्दा ठूलाको मान सम्मान र मर्यादा कायम गर्न सिकाउँदछ पितृ स्मृतिमा यहाँ श्राद्ध पनि गरिन्छ ।

Leave A Reply

Your email address will not be published.