mero sathi tv

कसरी जोगियो हिजो मध्यरातमा यो चिसो सडकमा लडी रहेको रुदै गरेको निर्दोष बालक र बेहोस आमा

आजकलका मानिसहरु यति सम्म कठोर बनि सकेको छ कि अरुलाइ सहयोग गर्नु त के कुरा सहानुभूति दिन र  कसैको लागि १ रुपैयाँ पनि खर्च गर्न सक्दैनन् तर मनकारी मुछेत्र गुरुङ यसको अपबाद बने ।

बुधबार राति करिब ११ बजे  पोखरा स्थित आफ्नो घर जान लागेको गुरुङ आफ्नो निजि सवारी साधन गुडाउदै हुनुहुन्थ्यो । सडकमा गुडी रहदा बाटोको बिपरित दिशामा केहि चल्मलाएको दृष्य देख्नु भयो र आफ्नो कार घुमाएर नजिक लानु भयो । जब नजिक पुग्नु भयो एक अनौठो र हृदय बिधारक दृष्य गुरुङको अगाडी देखा पर्यो । एक महिला आफ्नो पिठ्युमा सानो बच्चा च्यापेर सडक छेउमा पल्टिरहेकी थिइन् । गुरुङको कारको प्रकास परे पछी ति महिला चल्मलाएकी थिइन ।

कुनै पनि बेला सडकमा गुड्ने तिब्र गतिको सवारी बाट दुवै जनाको ज्यान जाना पनि सक्थ्यो तर संयोग बस गुरुङले यस्तो स्थिति बाट बचाउनु भयो र आमा र बच्चा लाइ बचाउने हेतुले महिलालाइ उठाउन खोज्नु भयो तर मदिराको नशामा रहेकी  महिला आफ्नो खुट्टामा उभिन गारो भै रहेको थियो। गुरुङको अनुरोधमा सडकमा गुडी रहेको केहि सवारी धनिहरु र त्यहि बेला संयोगले आइ पुगेको प्रहरीको सहयोगमा महिला र बच्चालाइ उद्दार गरिएको थियो ।

रोइ रहेको एक निर्दोष बालक सहितको सडकमा लडी रहेकी महिलालाइ कयौं सवारीसाधनमा हिड्नेहरु ले देखे  होलान तर कसैले वास्ता गरेनन र तर  मुछेत्र गुरुङको यो कार्यले अहिले आमा र बच्चा दुवैको स्थिति सामान्य रहेको र उनीहरु दुवै सुरक्षित रहेको वहाले आफ्नो फेसबुक मार्फत जानकारी गराउनु भएको छ ।

गैर आवासीय नेपाल युके (NRN-UK) को अधेक्ष्य समेत रहि सक्नु भएका ब्यबसायी तथा समाजसेवी मुछेत्र गुरुङ लामो समय देखि UK र नेपालमा सामाजिक कार्यहरुमा सरिक हुनुहुन्छ। भूकम्प पछीको बिभिन्न राहत र पुनरुत्थान कार्यक्रम, बिभिन्न संघ सस्थाको सहकार्यमा विकास कार्यक्रम र नेपालको खेलकुद विकासका लागि व्यक्तिगत तथा सामुहिक तवरले सहयोग पुर्याउदै आउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.