mero sathi tv

यी ४ कुरा लिएर कहिल्यै पूजा नगर्नुहोस नत्र सफल हुँदैन तपाईंको प्रार्थन

यदी तपाईंलाई कसैले सोध्यो पूजा किन गर्नुहुन्छ ? भनेर भने तपाईंको जबाफ हुन्छ पूजाद्वारा भगवानलाई आभार प्रकट गर्न ।
कसले मनको शान्तीको लागि भन्ने गर्छन् । र धेरै मानिस मनमा केही इक्ष्या लिएर पुरा हुने आसमा पनि पूजा गर्छन् । हामी बिधी पूर्वक पूजा
गर्छौ ताकि हामीले सोचे अनुसारको फल मिलोस । तर नारद पुराणमा केही यस्ता कुराहरु लेखिएको छ जो गर्नाले तपाईंको पूजा असफल हुन सक्छ । आज हामी बताउदै छौ यी ४ कुरा बिना पूजा गर्नुभयो भने जीवनमा तपाईंले जे पनि प्राप्त गर्न सक्नुहुन्छ ।

१ अरुले भनेर पूजा गर्नु
कोही मान्छे छिमेकीले भनेर वा घरको कसैको दबाबमा पूजा गर्छन् । बिना मनले वा कसैले भनेर गरेको पूजा निस्फल हुन्छ । यस्तो पूजाको फल कसैलाई मिल्दैन तसर्थ सफामनले पूजा गर्नु पर्छ ।

२ अज्ञान
भगवानको पूजा गर्न बिधी र पुरा ज्ञान हुनु आवश्यक छ । बिना ज्ञान वा अधुरो ज्ञानको भरमा पूजा गर्नु हुँदैन । यदी बिधी मिलेन भने यस्को उल्टो अशर पनि पर्न सक्छ ।

३ डर
कोही मान्छे मनमा केही डरको कारण पूजा गर्छन् । यस्तो अवस्थामा गरिएको पूजाको फल मिल्दैन । पूजा त शान्त र पवित्र मनले गर्नुपर्ने
नारद पुराणमा उल्लेख छ ।
४ लोभ
भनिन्छ भगवानको पूजा निस्वार्थ मनले गर्नुपर्छ । जसले लालच वा कुनै स्वार्थले पूजा गर्छ भने फल नमिल्ने नारद पुराणमा उल्लेख छ । बिना कुनै लालच पूजा गर्नुभयो भने भगवान आँफै तपाईंको दु:ख कस्ट हरण गरिदिनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.