mero sathi tv

भर्खरै दमकको मुख्य चोकको होटलमा एक युवाको हत्या, अपराधि पत्ता लगाउन कुकुर झिकाइदै

भर्खरै दमकको मुख्य चोकको होटलमा एक युवाको हत्या, अपराधि पत्ता लगाउन कुकुर झिकाइदै

दमक/झापाको दमकको मुख्य चोकको त्रिवेणी होटलमा एक युवाको रहस्यमय मृत्युले अहिले यहाँ त्रास भएको छ । तीनतलामाथि कोठामा रगतलतपत र छुरा सहित देखेपछि घटना रहस्यमय भएको बताइएको छ ।

दिउसोकोजस्तो घटना देखिएपनि प्रहरीले साँझ ७ बजेतिर जानकारी भएको र झ्यालबाट हेर्दा घटना असमान्यजस्तो देखिएकाले जिल्ला प्रहरी कार्यालयको टोली आइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मिलन बस्नेतले बताए ।

कुकुर सहितको प्रहरी टोली आइरहेकाले अहिलेसम्म उक्त कोठाभित्र स्थानीय प्रहरी समेत प्रवेस गरेको छैन । होटलको रेखदेख गर्ने १९ बर्षका राजेश मल्लिक कोठाभित्र मृत अवस्थामा रहेको बताइएको छ । घटनाको बिस्तृत विवरण प्राप्त भइसकेको छैन ।

Leave A Reply

Your email address will not be published.