mero sathi tv

बालाजुमा डरलाग्दो दुर्घटना: बाइकलाई ठक्कर दिदै सडक भन्दा २० मिटर पर उछिट्टियो कार

शनिवार दिउँसो बालाजुको नयाँ बजारमा डर लाग्दो दुर्घटना भएको छ । सडकमा गुडिरहेको बा ११ च ३७३८ नम्बरको कार उछिट्टिएर सडकबाट झन्डै २० मिटर पर पुगेको छ । कार होटेल अगाडीको एक पोलमा ठोक्किएर अडिएको छ । पोल नभएको भए कार होटेलभित्र छिर्न सक्ने र धनजनको क्षति हुन् सक्ने थियो ।

उछिट्टिने क्रममा कारले बा ३४ प्, ३६६७ को बाइकलाई समेत ठक्कर दिएको छ । ब्रेक फेल भएर दुर्घटना भएको कारका चालक बिश्व शेरचनले बताएका छन् ।

दुर्घटनाबाट कार र बाइकलाई क्षति पुगेको छ भने चालकहरु सकुशल छन् ।

Leave A Reply

Your email address will not be published.