mero sathi tv

२० वर्ष जनयुद्ध र संक्रमणमा बित्यो, अब १० वर्ष देशकाे विकास गर्छु : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष एवं चितवन ३ का उम्मेद्वार प्रचण्डले अबको दशकमा आफूले समृद्धिको नेतृत्व गर्न चाहेको बताएका छन् ।

आइतबार बिहान चितवनको मंगलपुर र फूर्तिचोकमा आयोजित चुनावी कोण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, मैले एक दशक क्रान्तिको तयारीमा लगाएँ, एक दशक जनयुद्ध र गणतन्त्रको स्थापनामा बित्यो, पछिल्लो दशक शान्ति प्रक्रिया र संविधान निर्माणमा बिताएँ। अबको दशक समृद्धिको नेतृत्व गर्न चाहन्छु, अबको युग विकास र समृद्धिको युग हो। समाजवादका लागि समृद्धि बाहेक अब हाम्रो अर्को सपना छैन ।’

उनले बामपन्थीहरु मिल्दा कोही पनि आत्तिन जरुरी नभएको भन्दै विचार मिल्नेहरु एक ठाउँमा आउनु राम्रो हुने ठानेर नै माओवादी र एमालेबीच एकताको तयारी भइरहेको प्रष्ट पारे ।

‘कांग्रेसका मित्रहरु तपाईहरुले पनि विचार मिल्नेहरुलाई एक ठाउँमा ल्याउनुस्। हाम्रो लोकतन्त्रप्रतिको प्रतिवद्दता कमजोर छैन। हामी लोकतन्त्रकै अभ्यासमा अघि बढिरहेका छौं। कांग्रेसका साथीहरु आत्तिन जरुरी छैन, देशको समृद्धि, राजनीतिक स्थीरताका लागि भोलि पनि कम्युनिष्ट कांग्रेसबीच सहकार्य हुन्छ। स्वस्थ प्रतिस्पर्धा हाम्रो संकल्प हो’, चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने ।

कोण सभामा एमाले नेता देवी ज्ञवाली, राप्रपाका पूर्व जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, प्रदेश सभाका उम्मेदवार कृष्ण भूर्तेल, बाम बुद्धिजीवी प्रेम रिमाल लगायतले सम्बोधन गर्नुभएको थियो। घरदैलोका क्रममा स्थानीयले प्रचण्डलाई भव्य स्वागत गरेका थिए।

.

Leave A Reply

Your email address will not be published.