mero sathi tv

सिंहदरबार अगाडि दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

आइतबार बिहान सिंहदरबार अगाडि भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। ट्याक्सी र मोटरसाइकल जुध्दा मोटरसाइकल चालक २४ वर्षीय रुप घलेको मृत्यु भएको हो।

बा२ज २३४४ नम्बरको ट्याक्सी र बा३३प ७४३ नम्बरको मोटरसाइकल ठक्कर खाँदा धादिङ रुबी भ्यालीका घलेको मृत्यु भएको हो। महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी अपिल बोहोराका अनुसार भद्रकालीबाट सिंहदरबारतर्फ जाँदै गरेको ट्याक्सी र सिंहदरबारबाट भद्रकालीतर्फ जाँदै गरेको मोटरसाइकल ठोक्किएका थिए।

ट्याक्सी चालकले तिव्र गतिमा रहेको मोटरसाइकले ट्याक्सीलाई ठक्कर दिएको दाबी गरेका छन्। ट्याक्सी चालकलाई सिंहदरबार वृत्तले हिरासतमा राखी अनुसन्धान अघि बढाएको छ।

Leave A Reply

Your email address will not be published.