mero sathi tv

आत्महत्या गर्नुअघि उनले लेखिन् “ म श्रीमानलाई आफुभन्दा धेरै माया गर्थे तर उसले मेरो पैसालाई मात्र गर्दो रहेछ

पोखरा ।  श्रीमानले आफुलाई भन्दा पैसालाई माया गरेको भन्ने नोटिस लेख्दै उदयपुरमा एक महिलाले बुधबार आत्महत्या गरेकी छिन् ।

पाँचथर माईती भई उदयपुरको भुट्टार गाविस वडा नं. २ का सिद्धीकुमार भनिने शिव खड्कासंग विवाह गरी गाईघाटमा डेरागरी बस्दै आएकी अन्दाजी २५ बर्षिया सविना राईले विष सेवन गरी आत्महत्या गरेकी हुन् ।

दश बाह्रदिनदेखि श्रीमान्ले एक्लो बनाई कोठामा छाडेर हिडेको अवस्थामा उनले सुसाईड नोटिस लेखि आत्महत्या गरेको प्रहरीले जनाएको छ । भ्mयाल ढोका सबैतिर चुकुल लगाई विषसेवन गरी मृत्यु भएको अवस्थामा बुधबार दिउसो साढे १२ बजेतिर घरबेटीले थाहा पाई प्रहरीलाई खबर गरेका थिए ।

अबेरसम्म पनि चालचुल नगरेपछि चियोचर्चा गर्दा मृतअवस्थामा देखेर प्रहरीलाई खबर गरेको घरवेटी रमादेवी थापाले बताउनुभयो । प्रहरीले ढोकाको भित्रि चुकुल खोलेर सर्जमिन मुचुल्का उठाउनुका साथै सुसाईडनोट सुरक्षित गरेको छ ।

भिडियो हेर्नुहोस

Leave A Reply

Your email address will not be published.