mero sathi tv

मलेसियामा सुतेकै ठाउमा एक नेपालीको मृत्यु

कात्तिक २७- मलेसियामा सेक्युरिटी गार्डका रुपमा कार्यरत एक झापालीको मृत्यु भएको छ । अजाम अर्मदा सेक्युरिटीमा कार्यरत झापा दमक निवासी शिवकुमार लिम्बूको मृत्यु भएको हो ।

मृतक सँगै कार्यरत नुवाकोटका पासाङ तामाङले जानकारी गराए अनुसार लिम्बू खाना खाएर राती दश बजेतिर आफ्नै आछ्यानमा सुतेका थिए । बिहान ड्युटिको समय भएकाले करिव पौने ६ बजेतिर उठाउन जादा ऊनी मृत अवस्थामा भेटिएका थिए ।

उनको पोष्टमार्टम रिपोर्ट समेत आईनसकेकाले के कारणले मृत्यु भएको खुल्न नसकेको तामाङले जानकारी दिनुभयो । मृतक लिम्बू अजाम अर्मदा सेक्युरिटी अन्तर्गत मलेसियाको काजाङ स्थित चेरासमा कार्यरत रहेका थिए ।

Leave A Reply

Your email address will not be published.