mero sathi tv

सुजुकी ड्राइभिङ सेन्टरमा पेट्रोल राखेको ठाउँमा आगलागी, चुरोट खाएर फाल्दा आगो लागेको आशंका

ललितपुरको एकान्तकुनामा रहेको सुजुकी ड्राइभिङ सेन्टरमा लागेको आगो निभाइएको छ । पेट्रोल भण्डारण गरेको ठाउँमा आगो लागेको हो ।

आगो के कारणले लागेको हो भन्ने थाहा हुन नसकेको सुजुकी ड्राइभिङ सेन्टरका सञ्चालक राजन क्षेत्रीले बताउनुभयो । आगोले एक हजार लिटर पेट्रोल नष्ट्र भएको उहाँले बताउनुभयो ।पेट्रोल राखेको कोठा नजिकै शौचालय भएको र त्यहाँ चुरोटका ठुटा भेटिकाले चुरोटबाटै आगो सल्किएको हुन सक्ने प्रहरीको अनुमान छ ।

सोमबार बिहान नौ बजेतिर आगो लागे पनि यसको कारण भने खुलिसकेको छैन । आगो लाग्नासाथ निभाउन सकिएकालेसम्भावित क्षति भने रोक्न सफल भएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.