mero sathi tv

कंगोमा रेल दुर्घटनामा ३४ जनाको मृत्यु

कात्तिक २७ । दक्षिण पूर्वी कंगोमा आइतबार साँझ भएको एक रेल दुर्घटना हुँदा ३४ जनाको ज्यान गएको छ । गुडिरहेको रेलले लिग छोडेर बाहिर निस्किँदा भएको उक्त दुर्घटनामा परी २६ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ ।

रेलले लिग छोडेर बाहिरिएपछि बाटोमा गुडिरहेका अरु पनि कैयाँ कारलाई हानेको थियो । मारिनेमा ती कारमा रहेका व्यक्ति पनि परेका छन् । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान थालेको बताइएको छ । कैयौं कारमा आगो लागेको टेलिभिजन दृश्यहरुमा देखाइएको छ ।

Leave A Reply

Your email address will not be published.