mero sathi tv

अनमोलको ‘कृ’र श्वेताको ‘कान्छी’को भिडन्त,अनमोल र भुवनलाई अपशब्द सहित गाली(भिडियो सहित)

बहुप्रतिक्षीत चलचित्र ‘कृ’को प्रदर्शन मिति घोषणा गरिएको छ । अनमोल केसी अभिनित ‘कृ’को यस अघि पनि प्रदर्शन मिति तय गरिएको थियो तर चलचित्रको छायाङ्कन नसकिएको कारण प्रदर्शन मिति सारिएको थियो । कृ निर्माता सुवास गिरीका अनुसार माघ २६ गते चलचित्र रिलिज हुने तय भइसकेको छ । उक्त चलचित्रको ट्रेलर यही मङ्सिरको पहिलो साता रिलिज हुने भएको छ ।

सोही मितिमा दयाहाङ राई र श्वेता खड्का अभिनीत फिल्म ‘कान्छी’ पनि प्रदर्शनमा आउँदैछ । माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै ‘कान्छी’को पहिलो गीत पनि सार्वजनिक भइ सकेको छ।

यता सामाजिक संजालमा दुवै चलचित्र जुध्ने देखीएपछी केहिले यसलाई सामान्य भनेका छन भने केहिले सोझी नायिका श्वेता खड्कालाई असफल बनाउन अनमोल र भुवन सहित ‘कृ’यूनिटले यस्तो गरेको समेत भनेका छन्.केहिले भने श्वेता खड्का स्व.श्रीकृष्ण श्रेष्ठको इमोसनलाई ब्यापार गरेको भनि टिप्पणी गरेका छन्. हेर्नुहोस भिडियो आखिर किन एकै दिन रिलिस हुदै छन् त यी दुई चलचित्र.यस्तो छ वास्तविकता

Leave A Reply

Your email address will not be published.