mero sathi tv

‘मनदेखि मन’का गायक पाण्डेले ल्याए राष्ट्रिय गीत ‘मेरो नेपाल’ (भिडियो)

‘मनदेखि मन’ बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा कमाएका गायक अनिश पाण्डेले राष्ट्रिय भावनाले ओतप्रोत गीत मेरो नेपालको भिडियो सार्वजनिक गरेका छन् । गायक पाण्डेले राष्ट्रिय भावनाले ओतप्रोत गीत मेरो नेपालको भिडियो सार्वजनिक गरेर आफ्नो दशेप्रतिको माया र सद्धभाव उजागर गरेका छन् ।

गीतकार भानु भट्टराईको शब्द शृजनामा तयार भएको गीतमा गायक स्वयमको संगीत रहेको छ । महाराज थापाले एरेन्ज गरेको गीतको सम्पादन पावन सुस्लिंगले गरेका हुन् । बेलायतमा नै रेकर्ड गरिएको गीतले देशको वर्तमान परिप्रेक्ष्यलाई मुख्य रुपमा उठाउन खोजेको छ । पाण्डेले यसपटक देशको महिमा र राष्ट्रियताले ओतप्रोत हुने गीत लिएर आएका छन् ।

भिडियो हेर्नुहोस्

 

Leave A Reply

Your email address will not be published.