mero sathi tv

१९ वर्षिय होचा कलाकार दिपेन शाहको निधन

होचा कलाकार दिपेन शाहको निधन भएको छ । १९ वर्षिय शाहको बिहिबार करिब ९ बजे ईमाडोलस्थित किष्ट मेडिकल कलेजमा निधन भएको कलाकार गोपाल ढकालले जानकारी दिए ।

उनको पार्थिव शरीरलाई अहिले चावाहिलस्थित चलचित्र विकास वोर्डको प्रांगणमा राखिएको छ ।

घरका कान्छा छोरा स्व.शाह कक्षा दशमा अध्ययनरत थिए । उनले झ्यानाकुटी झ्याई सहित अन्य केही टेलिफिल्ममा अभिनय गरेका थिए । कलाकार महादेव त्रिपाठीसँग मिलेर उनले विभिन्न स्टेज कार्यक्रमहरु गर्दै आइरहेका थिए ।

 

उनको उपचारको लागि सहयोग संकलन पनि गरिएको थियो । कलाकार शाहप्रति हार्दिक श्रद्धाञ्जली !

Leave A Reply

Your email address will not be published.