mero sathi tv

मंसिर ८ गते नेपाल बन्द ! नत्र…

मंसिर ८ गते नेपाल बन्द आह्वान गरेका छन् पूर्व माओवादी जनमुक्ति सेनाले ।

जसले यो बन्दको अवज्ञा गर्छ, त्यही बेलुका उसमाथि भौतिक कारवाही गर्ने धम्की दिएको छ । यस्तो बन्द नेपालमा पहिलोपल्ट हुनलागेको हो ।

योभन्दा आतंक अरु के होला ? कतिपय जरुरी काममा निस्केलान्, कतिपय अस्पताल अथवा औषधि किन्न दौडेलान् ।
कतिलाई जीवन धान्ने समस्या होला । के बन्द भनेपछि बन्दी भएर बस्नु ?

नबसेर के गर्ने ? साँझ भौतिक कारवाही हुन्छ भनेर धम्क्याएपछि ।

ज्यान माया मारेर निस्कने कि बन्दको समर्थन गर्ने ?
लोकतन्त्रमा यस्तो दिन पनि देख्न पाइने भयो ।

Leave A Reply

Your email address will not be published.