mero sathi tv

भद्रकाली देवीको महिमा र महत्व

सिंहदरबारदेखि पश्चिममा रहेको भद्रकालीको मन्दिर सामान्य स्वरूपको छ । चामुण्डा देवीको रूपमा पुजिने भद्रकाली देवीको मूर्ति सामान्य शिलायुक्त छ । उक्त मन्दिर भएको स्थानमा हामीले पुज्दै आएकी देवी भद्रकालीलाई यहाँ स्थापना गरिएको भन्ने भनाइ छ । काठमाण्डौंकै शिवपुरी डाँडाको पुछारमा चपली नाम गरेको स्थानमा भद्रकालीको उपत्ति भएको मानिन्छ । चपली भद्रकाली यानेकी भद्रकाली उपत्ति भएको स्थानमा राजाहरुले दर्शन गर्न नहुने भएकोले उक्त भद्रकालीलाई सिंहदरवारको पश्चिम पट्टीको स्थानमा ल्याएर स्थापना गरिएको भन्ने किम्वदन्ती पाइन्छ ।

तान्त्रिक पद्धतिअनुसार नवरात्रमा विशेष विशेष पूजा गरिने यहाँका पूजारी बताउँछन् । दुर्गा कवचमा उल्लेख भएअनुसार भगवतीका अनेक रूपमध्ये भद्रकाली पनि एक हो । दशैमा यस्ता शक्ति पिठहरुमा गई पूजा तथा आरधना गर्नाले शक्ति तथा समृद्धि प्राप्त हुने धर्म ग्रन्थहरुमा उल्लेख गरिएको छ । यहाँ प्रत्येक मङगबार तथा शनिबार दशनार्थिहरुको भीड लाग्ने गर्दछ ।

यसलाई कतै कतै लुमडी थान पनि भनिन्छ्र वंशावली का अनुसार कलिगत संवत् ३८२५ मा काठमाडौं नगर निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएका हुन् ।

हामी घर परिवार र देशको सुरक्षाका लागि भैरब शक्ति र अष्टमातृका गणका रुपमा आठजना अजिमाहरु मान्दै आएका छौ । अष्टमातृका अजिमाहरु भन्नाले १) ब्रम्हायणी, २) महालक्ष्मी, ३) रुद्रायणी, ४) कुमारी, ५) नारायणी, ६) बाराही, ७) इन्द्रायणी र ८) महाकाली हुन् ।

हामी नेपालीहरुको विभिन्न संस्कृतिहरु मध्य हामीले मानिआएका एक अजिमाहरु एवं अजिमायुक्त शक्ति पीठहरु पनि एक हो । अजिमा शब्द अजि र मा शब्दको योगले पुरा भएको हो । अजिमा शब्द प्राचिन नेपालको नेपालमण्डलको तत्कालीन राष्ट्रिय भाषा नेवार भाषा बाट आएको हो । नेवार भाषामा बज्यैलाई अजि र आमालाई मा भनिन्छ । यानेकीनेवार शब्द अजिमाको नेपाली शाब्दीक अर्थ बुढी बज्यै हुन् । नेपालमण्डलका रैथानेहरुले परम्परा देखी मानी आएको शक्तिहरुको अजिमा नेपालमण्डलका सनातन धर्मालम्बीहरु शैब मार्गी र बैश्णबी यानेकी हिन्दूका साथै बौध्दमार्गीहरुले समानरुपले मानि आएका मातृदेवी हुन् ।

हामी नेपालीले अष्टमातृका अजिमालाई आफ्नै कुलको पुर्खाैली बुढी बज्यैकारुपमा मानदिइ पुजा गरी मानी आएका छौ । अष्टमातृकाको बास भएको स्थानलाई हामीले शक्ति पीठको रुपमा मानि आएका छौ । शक्ति पीठको परीभाषा नेपाली परम्परागत मान्यता अनुसार आसपासमा मसान घाट, भैरब, खोलानाला, कुनै जलासय्, नाग, खरिबोट, पिपलबोट, कङकाल भएको दोबाटो, चौबाटोमा अवस्थित देव देवी बिराजमान रहेको पवित्र स्थान नै पीठ एवं शक्ति पिठ हो ।

यसरी दोबाटो चौबाटोमा रहेको खरीको बोट, पीपलको बोट मुनी वा आसपासमा मसान घाट, खोलानाला नजिक अवस्थित भएको अष्टमातृका बास भईरहेको पवित्र देवी स्थलमै शक्ति पीठ हो । त्यस्तै पौराणीक र सनातन धार्मीक मान्यतामा देवाधि देब महादेबको शक्ति स्वरुप पत्नी श्री सतीदेवीको अंग पतन भएको पवित्र स्थलनै शक्ति पीठ हो ।

Leave A Reply

Your email address will not be published.