mero sathi tv

सरकारी कर्मचारीको रहस्यमय मृत्यु

अछाम, मंसिर १ । अछाममा एक सरकारी कर्मचारीको रहस्यमय तरिकाले मृत्यु भएको छ । रामारोशन गाउँपालिकास्थित पशु कार्यालयमा कार्यरत नायव सुब्बा धनलाल उपाध्यायको आज बिहान ४ बजे मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

एकाएक नाकबाट रगत बगेपछि उपाध्यायकी श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरी टोली र स्वास्थ्यकर्मी पुग्दा उपाध्यायको मृत्यु भईसकेको अछाम प्रहरी प्रमुख डिएसपी दधिराम न्यौपानेले बताए ।

बाजुराको बडिमालिका नगरपालिका–९ घर भएका ३७ बर्षीय उपाध्याय मदिरा सेवन गरिरहने भएकाले मदिराकै कारण ज्यान गएको हुन सक्ने स्थानीयले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.