mero sathi tv

छोराको मृत्युको भोलिपल्टै प्रचण्डको पहिलो सम्बोधन : भावुक हुँदै प्रचण्डले भने ‘मैले त चित्त बुझाउला परिवार सम्हाल्न गाह्रो भो’ (भिडियो)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना एकमात्र छोरा प्रकाश दाहाल स्वर्गीय भएको भोली पल्ट नै प्रचण्डले भावुक मुद्रामा परिवारलाई सम्हाल्न ग्राहो भएको बताएका छन् । केहीदिनदेखि अस्वस्थ रहेका प्रचण्ड पुत्र प्रकाशको आइतबार बिहान हृदयघातका कारण निधन भएको थियो ।

निधन भए लगत्तै झापाबाट काठमाडौँ आएका प्रचण्डले छोराको मृत्युको भोलीपल्ट मिडियासँग कुराकानी गर्दै भने भने मैले त चित्त बुझाउला परिवार सम्हाल्न गाह्रो भो । सोच्दै नसोचेको अकल्पनिय घटना हुन पुग्यो । यत्रो बिज्ञान र प्रविधिको युगमा पनि अस्पताल लैजान नपाउँदै हामीलाई छाडेर गयो । तर पनि बिस्तारै हामी संहालिँदैछौँ । थप भिडियोबाट

Leave A Reply

Your email address will not be published.