mero sathi tv

८९ वर्षिय बृद्धाले शुक्रराजलाई भनिन् : ‘तिमिलाई भोट दिन बाँचेकी हु, तिमिलाई भोट दिन पाए मरेपछि स्वर्ग जान्थें’

बाबुु म तिमलाई भोट दिन बाँचेकी हुुँ, तिमलाई भोट दिए पछि म मरे पनि स्वर्ग जान्छु ।’ यो हृदय विदारक अभिव्यक्ति हो, अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ की ८९ वर्षिय बृद्धाको । चुनाव प्रचार प्रसारका लागि कांग्रेस क्षेत्र नम्बर ३ का उम्मेदवार शुक्रराज शर्मा सहितको टोली सल्यान आउने खबर पाए पछि अन्य सर्वसाधारणका झै उनी पनि विहान ९ बजेदेखि शुक्रराज शर्माको पर्खाईमा थिइन् । हातमा ४ तारा र रुख चिन्हको झण्डा बोकेर उम्मेदवार शर्माको पर्खाइमा बसेकी बृद्धा शर्मा कार्यक्रम स्थल पुुगेर अभिवादन गर्दै पाउ समाते पछि भक्कानिएर रोइन् । ‘म अन्तिम अवस्थामा छुु, तिमि चुनावमा उठेको सुने पछि भेट्न ब्याकुल बनेकी थिएँ’ ति वृद्धाले भनिन्, ‘म जस्तै असाहायको आँसु पुुछेका छौ, तिम्रो जित हुन्छ बाबुु ।’ लगत्तै बृद्धाले शर्माको टाउकोमा हात राखिन् र आशिर्वाद दिइन् ।


बृद्धाको रुवाईसँगै शर्मा पनि भावुक बने, उनका पनि आँखा रसाए । शर्माका आँखा रसाए पछि एक छिन कार्यक्रम स्थल स्तब्ध बन्यो, शर्मा र बृद्धाको गतिविधि देखेका सर्वसाधारणका पनि आँखा रसाए । ‘म तपाईकै काखमा हुुर्केको, तपाईकै सेवा गर्न राजनीतिमा लागेको हुुँ, मलाई सेवा गर्ने मौका दिनुुहोस्’ शर्माले भने, ‘तपाईहरुले गुुनासो राख्न सक्ने ठाउँ नराखी काम गर्छु ।’


प्रतिनिधि सभाका उम्मेदवार शर्मा र प्रदेश सभा ‘ख’का उम्मेदवार भोजबहादुर गुुरुङ सहितको टोली अन्नपूूर्णको वडा नम्बर ४ स्थित भदौरे देउराली र सल्यानमा मतदाता भेटघाट तथा कोण सभामा सहभागि भएको हो । उम्मेदवार शर्माले आफुु सँधै जनताको सेवामा क्रियाशिल रहने बताए । आफ्नो जिन्दगीको लामो समय राजनीति र जनताको सेवामा विताएको उल्लेख गर्दै बाँकी जीवन पनि जनताकै लागि समर्पित गर्ने संकल्प गरे । ‘मेरो उर्जासिल समय जनताको सेवा विताएँ । अझै पनि जनताको लागि केही गर्ने मन भएर तपाईहरुमाझ उम्मेदवार बनेर आएको छुु’ शर्माले भने, ‘भोट दिएर जिताउनुु होस् । तपाईबाट मैले केहि लिन्न मैले दिने मात्रै हो ।’
आफुु पदमा रहदा पनि नरहदा पनि यस क्षेत्रको विकासका लागि क्रियाशिल रहेको उल्लेख गर्दै काँग्रेसका प्रभावशाली नेता समेत रहेका शर्माले सल्यान र भदौरे देउरालीको मोटरबाटो, खानेपानी, स्वास्थ्य चौकी निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।


प्रदेश सभाका उम्मेदवार सिकन्दर गुुरुङ भोजबहादुरले सल्यान र भदौरेको विकासका लागि कांग्रेसलाई जिताउन आग्रह गरे ।
कार्यक्रममा कास्की काग्रेसका कोषाध्यक्ष लक्ष्मी पाण्डे, अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष युवारज कुँवर, क्षेत्र नम्बर ३ का सभापति पोशनाथ शर्मा, महासमिति सदस्य रामचन्द्र त्रिपाठी, तरुणदल कास्कीका सभापति मनोज गुुरुङ, लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सभापति देवेन्द्र कुमार शेरचन, नेविसंघका नेता मिन नेपाली लगायतका वक्ताले आ–आफ्नो भनाई राखेका थिए ।

Leave A Reply

Your email address will not be published.