mero sathi tv

प्रकाशले धर्ती छाडेपछि बल्ल लाजिम्पाटमा बास पाइन् प्रचण्डकी जेठी बुहारी सिर्जनाले

प्रचण्ड पुत्र स्व. प्रकाशकी जेठी पत्नि र्सिजना त्रिपाठी प्रकाशको निधन भएको दिन पटक पटक बेहोस भइन् । उनको बेहोसी नै काफी छ सिर्जनाले प्रकाशलाई कति माया गर्छिन् भन्ने कुराको प्रमाण । प्रकाशको निधनको खबर सुने लगत्तै दैडिदै अस्पताल पुगेकी उनी अस्पतालमा नै बेहोस बनिन् । लामो समयपछि होशमा आएकी सिर्जना प्रकाशलाई दागबत्ति दिने बेलामा फेरी आर्यघाटमा पनि बेहोस भइन् । तर २०६९ मा प्रकाश दाहालले विना मगरसँग बिहे गरेपछि माइती फर्किएकी उनी त्यसयता प्रकाशलाई माया गरिरहिन् तर उनको मायाको अपेक्षा कहिल्यै गरिनन् ।

लामो समयदेखि छोरा प्रसिद्धसँग एक्लै बस्दै आएकी सिर्जनाले छोराले आमा डिभोर्स दिनुस्’ नभनेसम्म सम्बन्धविच्छेद नगर्ने सोचमा थिइन् । तर छोराले बाबु प्रकाशलाई बाबा भनेर बोलाउनै पाएनन् । मंसिर ३ गते राती हर्टअटयाक भएर अकालमा प्रकाशको निधन भयो त्यसपछि सिर्जना मात्रै होइन बिना पनि बिधुवा बनिन् । सिर्जनाका ८ वर्षिय र बिनाका ६ वर्षे छोरा सँधैका लागी टुहुरा बने । प्रकाशको निधनपछि बल्ल सिर्जनाले लाजिम्पाटमा स्थान पाएकी छिन् ।

आर्यघाटमा प्रकाशलाई सेलाएर लाजिम्पाटमा फर्केपछि भने सिर्जनालाई पहिलाको भाडाको घरमा बस्नु नपर्ने त भयो त लाजिम्पाटको घरमा न उनका छोराले बाबा भनेर प्रकाशलाई बोलाउँदा प्रकाशले सुन्नेछन् न सिर्जनाले बोलाउँदा प्रकाशले उत्तर दिनेछन् । अब लाजिम्पाटको बंगलामा केवल उनका रंगीन तस्विरहरु सिर्जनाको आँखामा श्यामश्वेत नबोल्ने तस्विर बनेर सजिइरहनेछन् । यसैबिच पुष्पकमल दाहाल प्रचण्डले एक मात्र छोरा प्रकाश दाहाललाई गुमाएको तीन दिनपछि काठमाडौँको लाजिम्पाटमा रहेको घरको जिम्मा जेठी बुहारी सिर्जना त्रिपाठीलाई घरको साँचो सुम्पिएर भरतपुरको कार्यक्रमका लागी हानिएका छन् । प्रचण्ड श्रीमती सीता दाहाल, कान्छी बुहारी बिना मगरसहित चितवन पुगेका हुन् । सिर्जनासँगै अब उनका छोरा प्रसिद्ध पनि लाजिम्पाटमै बस्ने स्रोतको भनाई छ ।

Leave A Reply

Your email address will not be published.