mero sathi tv

पति गुमाएकी एमाले नेतृ निरु पालले विना मगरलाई लेखिन मार्मिक पत्र

नेकपा एमालेकी नेतृ निरु पालले प्रकाश दाहालकी पत्नी विना मगरलाई मर्मस्पर्शी पत्र लेखेकी छन् ।

उनले प्रकाशको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोहलाई शक्तिमा बदल्न र हिम्मत नहार्न विनालाई भनेकी छन् । विनालाई बहिनी भनेर सम्बोधन गर्दै पालले पति बियोगको पीडा व्यहोर्नेलाई मात्र थाहा हुन्छ भन्दै आफ्नो विगतको पीडा पनि उनले स्मरण गरेकी छन् । पालका पतिको केही समयअघि निधन भएको थियो ।

यस्तो छ निरु पालले विना मगरलाई लेखेको पत्रः

पति बियोगको पीडालाई आफ्नो शक्ति बनाउनुस वैनी विना मगर । यो दुःखको घडीमा हिम्मत नहार्नुस । आफ्नो जीवन साथीको साथ सधैका लागि गुमाउनु पर्दाको पीडा त्यसलाई मात्र थाहा हुन्छ, जसले त्यो पीडा ब्यहोरेको हुन्छ ।
तर के गर्ने ? सहनु र हिम्मत गरेर अगाडी बढ्नुको विकल्प छैन । हिजोसम्म तपाई सानो छोराको आमा मात्रै हुनुहन्थ्यो । अब तपाई त्यो अबोध बालकको आमा बुबा प्रचण्ड र सीता कमरेडको छोरा प्रकाश पनी । तपाई र बुहारी छोरी पनी तपाई कञ्चनपुरे छोरी मात्रै नभई नेता पनी हो ।

तपाई साथसाथै प्रकाश भाईको सपना पनी पुरा गर्नुछ तपाईले । त्यसैले तपाईले हिम्मत गर्नुैपर्छ र गर्नुपनी हुनेछ । तपाई एउटा सामान्य घरभित्र मात्रै सिमित हुने महिला होइन । तपाईलाई यो शोकको घडीलाई शक्तिमा बदलेर अगाडी बढ्न हिम्मत मिलोस । धैर्यधारण गर्ने शक्ति मिलोस ।

Leave A Reply

Your email address will not be published.