mero sathi tv

इलामको सूर्याद्य नगरपालिकामा भएको सडक दुर्घटना दुई युवायुवतीको मृत्यु

इलामको सूर्योदय नगरपालिका फिक्कलमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।

तनहुँ नगरपालिका १ का २८ वर्षीय शरद पौडेलको घटनास्थलमै र नाम नखुलेकी अन्दाजी २३ /२४ वर्षीय युवतीको उपचारको लागि झापा लाँदा लाँदै बाटोमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय इलामका प्रमुख पदम राईले जानकरी दिएका छन् । बिहान ९ बजेतिर झापाबाट ताप्लेजुङ जादै गरेको ग १२ प ४८३ नम्बरको मोटरसाइकलको टायर चिप्लेर मे १ ख १९४२ नम्बरको ट्रकको पछाडिको टायरमा पर्दा घटना भएको राईले जानकारी दिए । उनका अनुसार ट्रक इलामबाट झापा जादै थियो ।

Leave A Reply

Your email address will not be published.