mero sathi tv

पूर्व मिस नेपाल तथा नायिका श्रृष्टी श्रेष्ठका प्रेमी आर्यन अधिकारी ? बाहिरियो यस्तो रहस्य

गाजलुमा अनमोल केसीसँग अभिनय गरेर चर्चमा आएकी नायिका तथा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको ब्यस्तता दिनानुदिन बढ्दो छ । पछिल्लो समय म्यूजिक भिडियोदेखि नयाँ चलचित्रसम्म धमाधम काम गरिरहेकी सुन्दरी नायिका सृष्टिले अभिनेता आर्यन अधिकारीसँग बाँध मायाले’ मा रोमान्स गर्ने पक्का भएको छ ।

सविर श्रेष्ठको निर्माण र निर्देशनमा बन्न लागेको चलचित्रको नाम यस अघि सँग सँगै’ राखिएको थियो । तर विभिन्न कारणले गर्दा चलचित्रको नाम परिवर्तन गरेर अहिले बाँध मायाले राखिएको छ । छायाँकनको तयारी गर्दै गरेको बाँध मायाले’को कथा प्रेमकथा भएको निर्माता निर्देशक बिरले बताए । काईट्स ईन्टरटेन्मेन्ट प्रा।लिको प्रस्तुती रहने बाँध मायाले’ का निर्माता रामहरी धिताल र भिसीका श्रेष्ठ निर्माता हुन् ।

Leave A Reply

Your email address will not be published.