mero sathi tv

पुत्र वियोगपछि प्रचण्डले आज पहिलो पटक चुनावी सभालाई सम्बोधन गर्दै

आज दिउँसो वाम गठबन्धनले बुटवलमा चुनावी सभा गर्दैछ। मध्याह्न १२ बजेपछि हुने सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने तयारी भएको आयोजकले जनाएका छन् ।

पुत्रशोकपछि प्रचण्डले पहिलोपटक सार्वजनिक रूपमा सम्बोधन गरेन लागेको आयोजकको भनाइ छ । यसअघि मंगलबार चितवनमा भएको सभामा प्रचण्डले सम्बोधन गरेका थिएनन्।

सभालाई सम्बोधन गर्न केन्द्रीय नेताहरू आउने भएपछि बुटवल र आसपासको सुरक्षा कडा बनाइएको छ।

देशव्यापी अभियान अन्तर्गत हुने सभालाई सम्बोधन गर्न नेताहरू हेलिकोप्टरबाट बुटवल आउने र बुधबार दाङमा हुने सभामा जाने माओवादी नेताहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.