mero sathi tv

धुर्मुश-सुन्तली फाउन्डेसनलाई साउदीको पूर्वी शहरबाट उल्लेख्य आर्थिक सहयोग

अहिलेका  ख्यातिप्राप्त हाँस्यकलाकार सिताराम कट्टेल र कुन्जना घिमीरे साउदी अरबको विभिन्न शहरहरूमा कार्यरत नेपाली कामदारहरूसंगको भेटघाटमा ब्यस्त छन | भेटघाटकै क्रममा साउदीको पूर्वी प्रान्तको जुवेल शहर आईपुगदा जुवेल स्थित न्यु अन्नपूर्ण रेस्टुरेण्टले एक औपचारीक कार्यक्रमको आयोजना गरी धुर्मुश-सुन्तलीलाई २१ नोवेम्बर २०१७ मंगलबार साँझ न्यू अण्नपूर्ण नेपाली रेस्टुरेण्ट द्वारा मायाको चिनो प्रदान गरी स्वागत र सम्मान गरेको छ |

औपचारीक सुचना एकदिन अघी मात्र हुनुको वाबजुद पनि कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, व्यवसायी, विभिन्न संघसंस्थामा आवद्ध व्यक्तित्व, संचारकर्मी र विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय सदस्य तथा न्यू अन्नपूर्ण नेपाली रेस्टुरेन्टका सञ्चालक श्री प्रसाद यावा लिम्बुको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथीको रूपमा NRNA ICC सदस्य धर्म केसी रहेका थिए भने कार्यक्रममा विशेष अतिथीको रूपमा हाँस्य कलाकार सिताराम कट्टेल र कुन्जना घिमीरे रहेका थिए साथै अतिथीहरू NRNA ICC सदस्य जोन अर्याल, NRNA मध्य-पूर्वी उप-संयोजक श्रीमती यसमीन वेगम , व्यवसायी तथा समाजसेवी राजु सैयद , सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र साउदी टेलिमनिका देशीय प्रबन्धक जितेन्द्र थपलीयाको रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिति धरम केसीले लामो समय पश्चात साउदीमा नेपाली कलाकारको उपस्थिती भएकोमा खुसी व्यक्त गर्दै “धुर्मुस-सुन्तली फाउन्डेसन” संगको सहकार्य दिर्घकालीन बनाउन सुझाएका थिए |

उनले आर्थिक पारादर्शिता बारे जिज्ञासा पनि राखेका थिए । यसरिनै अथिति NRNA ICC सदस्य श्री जोन अर्यालले अगामी दिनमा गत शुक्रबार रियादमा सम्पन्न भएको जस्तै कार्यक्रम दम्माम क्षेत्रमा पनि हुनुपर्नेमा जोड दिँदै अगामी दिनमा दम्मामलाई नछुटाउन आग्रह गरेका थिए भने धुर्मुस-सुन्तली फाउन्डेस को तर्फबाट बोल्दै कुन्जना घिमीरेले “धुर्मुस-सुन्तली फाउन्डेसन” बारे संक्षिप्तमा जानकारी दिएर फाउन्डेसनद्वारा रौतहटमा निर्माणाधीन “सन्तपुर एकीकृत नमुना बस्ति ” निर्माणको लागि सहयोग गरेका दाताहरूलाई धन्यवाद वक्त गर्दै सुन्तलीले भनिन “हामीले त्यसतो लक्ष्य राखौँ ताकी एउटा छिमेकीलाई आपती हुँदा एन.जि.ओ होईन अर्को छिमेकीले मदत गर्न सकौँ र मदत गर्न सिकाउँ ।

साथै अगामी योजना “नेपाल भित्रको नमुना नेपाल” को लागी पनि सहयोग गर्न आह्वान गरेकि थीईन । धुर्मुश-सुन्तली-फाउन्डेसनद्वारा रौतहटमा बाडीपिडीतहरूको लागी निर्माणाधीन “सन्तपुर एकिकृत नमुना बस्ति ” निर्माणको लागि निम्न संस्था र व्याक्तिहरुले आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरेका थिए। • जुवेल पाण्डा समुहमा कार्यरत नेपालीहरू द्वारा ने.रू. ५१,०००/- • एकता • कार्यरत नेपालीहरू द्वारा नेरू. २७,५००/- • न्यू अन्नपूर्ण नेपाली रेष्टूरेण्ट(श्रीप्रसाद यावा) द्वारा नेरू. ६६,६६६/- • NRNA LCC जुवेलको अध्यक्ष श्री ओम फुयाँल द्वारा नेरू. २५,०००/- • आमको कम्पनीमा कार्यरत नेपालीहरू द्वारा नेरू. ४१,२३७/- • अशोक केसीले कम्पनीमा संकलित रकम नेरू. ५२,१९७/- • श्री जेस कु. श्रेष्ठ द्वारा नेरू. ३०,०००/- लगायत अन्य सहयोगको लागि आएका थुप्रै दाताहरूबाट व्यक्तिगत सहयोग रकम सहित नेपालीहरुले धुर्मुस सुन्तली फाउन्डेसनलाई एकमुस्ट रकम लगभग ६ लाख रुपियाँ सहयोग हस्तान्तरण गरेका थिए |

 

कार्यक्रममा समाजसेवी,व्यवसायी तथा नेपालीजनसम्पर्क समिति साउदीका संरक्षक राजु सैयदले “सन्तपुर एकिकृत नमुना बस्ती” को एक घर बनाउन लाग्ने बराबर को रकम सहयोग गर्ने घोषणा गरेका थिए अन्तमा सभापति लिम्बुले नेपाल पुगेपछि धुर्मुस सुन्तली फाउन्डेसनको कार्यलयमै पुगी आफुले सक्ने सहयोग गर्ने प्ररतिबदता जनाउदै कायक्रम समापन भएको थियो | कार्यक्रम न्यु अन्नपूर्ण रेस्टुरेण्टका व्यबस्थापक तथा जागरूक यूवा मंचका संस्थापक अध्यक्ष अन्जनी कुमार अधिकारीले सञ्चालन गरेका थिए। ( नाम उल्लेख नभएका दाताहरूको नामावली तस्विरमा समावेश गरिएको छ) ।

Leave A Reply

Your email address will not be published.