mero sathi tv

कतारबाट हजारौं नेपाली एकै साथ् फर्किए ! लाखौ कमाएर परिवार सुखी बनाउने सपना चकनाचुर (हेर्नुहोस भिडियो)

६ महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । समयमा तलब भुक्तानी नपाएका सयौ नेपाली कामविहिन भएर वसेका छन् । आतंकवादलाई सहयोग गरेको भन्दै साउदी अरबको नेतृत्वमा छिमेकी देशहरुले कतारलाई गत जुन ६ देखि जल, हवाई र स्थल नाकाबन्दी गर्दैै आएका छन् । यी देशले लगाएको आरोपलाई कतारले प्रतिवाद गरेको छ । साउदी अरव, संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनका दर्जनभन्दा बढी ठुला कम्पनी बन्द भइसकेका छन् । ती कम्पनीमा कार्यरत नेपाली फर्किसकेका छन् ।

Leave A Reply

Your email address will not be published.