mero sathi tv

मुन्धुमविद् भरत दम्पतिको सडक दुर्घट्नामा मृत्यु

मुन्धुमविद भरत तुङ्घङ् र उनकी श्रीमति टीकादेवी सुहाङ्को सोमबार विहान ११ बजे सडक दुर्घट्नामा परी मृत्यु भएको छ । पारिवारिक कामले धरानबाट इटहरीतर्फ मोटरसाइकलमा गइरहेको बेला पछाडीबाट आएकाको १ ज २७१४ नम्बरको बोलेरोले तीनकुने नजिकैको शनिमन्दिर अगाडि ठक्कर दिएको थियो ।

प्रत्यक्षदर्शीहरुका अनुसार धरानबाट तुङ्घङ दम्पती चढेको को ४ प ६३१६ नम्बरको मोटरसाइकल र बोलेरो पिकअप अघिपछि भएर इटहरीतर्फ गइरहेको बेला विपरित दिशाबाट यात्रुवाहक बस आइरहेको बेला बोलेरोले मोटरसाइकललाई ओभरटेक गरेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक हवल्दार राजन श्रेष्ठले ओभरटेक गर्ने बोलेरो चालक धनकुटा नगरपालिका– १ बस्ने २७ बर्षीय हीरालाल मगरलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । मृतक तुङ्घङ दम्पतीको मोटरसाइकललाई ओभर टेक गरी सवारी दुर्घट्ना गराउने बोलेरो बराह ज्वेलरी इण्डष्ट्रिज प्रा. लि.को रहेको प्रहरीले जनाएको छ ।

धरानस्थित नेपाल खानेपानी संस्थानमा नायव सुब्बाको रुपमा कार्यरत ५५ बर्षीय तुङ्घङ किरात लिम्बुको इतिहास, पुरातत्व र मुन्धुमसम्बन्धी जानकार थिए । उनले कमल तिगेला, भैरव आङ्ला र अर्जुवाबु माबोहाङसंगको सहकार्यमा मुन्धुम र लिम्बु जातिको संस्कृति बारे पुस्तकहरु समेत लेखेका छन् । उनले आफैले पुर्वका किरात लिम्बु समुदायको ऐतिहासिक पुरातात्विक सामाग्रीहरु, इस्तिहार, लालमोहर, हातहतियार, सांस्कृतिक सामाग्रीहरु संकलन गरेर संग्रहालयसमेत बनाएका छन् ।

 

Leave A Reply

Your email address will not be published.