mero sathi tv

विवाह गर्ने मुडमा राई इज किङ गायक राजेश पायल राई (हेर्नुहोस)

भर्सटायल गायक राजेशपायल राईले आफू चाँडै विवाह बन्धनमा बाँधिने जनाएका छन् । ‘दर्शन नमस्ते–३’ एल्वम सार्वजनिक समारोहमा राईले यस्तो जानकारी दिएका हुन् ।

अहिलेसम्म विवाह नगरी बसेका गायक राईको विवाहबारे बेलाबेला गसिपसमेत बन्ने गरेको छ । तर, सोमबार आफ्नो उल्वम विमोचन समारोहमा उनले विवाहको चिन्ता नलिन आग्रह गरेका हुन् । उनले आफ्ना बुबा रत्न राई र आमा साँचीलक्ष्मी राईलाई यस्तो बताएका हुन् ।

‘बाबु–आमाले मेरो विवाहबारे धेरै चिन्ता नलिनुहोला’, उनलजे भने, ‘त्यो समय आएपछि अवश्य गर्छु ।’ कार्यक्रममा बाबु रत्नले छोरालाई मनपर्ने जुनै जातको बुहारी ल्याएपनि स्वीकार्य हुने बताए ।

Leave A Reply

Your email address will not be published.