mero sathi tv

एकाबिहानै आयो दु:खद खबर : मुगुबाट गर्भवती महिला बोकेको जीप कालिकोटमा दुघर्टना

गर्भवति महिला बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।
मुगुबाट नेपालगंज जाँदै गरेको जीप कालिकोटको सदरमुकाम मान्मस्थित अस्पताल रोडमा दुर्घटना भएको हो ।
मुगुबाट हिजो विहानै छुटेको लु २ च २००३ नम्मर रातो पिलेटको जिप मंगलबार राति १० बजेर ३० मिनेट जाँदा अस्पतालको माथिल्लो मोडमा दुर्घटना भएको जिल्ला प्रहरीकार्यालय कालीकोटले जनाएको छ ।

दुर्घटनामा परी मुगुका ३५ वर्षीय नरबिक्रम मल्ल, ४५ वर्षीय ४५ जयरुप भुमी र जुम्लाका १४ वर्षीय यदुराज न्यौपानेको घटनास्थलमै मृत्यु भएको छ ।


त्यस्तै घाइते हुनेमा मुगुका २९ वर्षीय विष्णुराज धामी, ३७ वर्षीय लक्ष्मि रावल, ३५ वर्षीय किसिम कार्की, १९ वर्षीय किगर्भवती माया लक्ष्मि मल्ल, हुम्लाका २३ वर्षीय सन्तराज शाही, चालक बाँकेका २२ वर्षीय इन्द्रप्रसाद थारु घाईते भएको छन् । घाइतेको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.