mero sathi tv

BREAKING NEWS – अर्घाखाँची गइरहेको बस त्रिशुलीमा खस्यो, ५ जनाको घटनास्थलमै मृत्यु, उद्धार जारी

काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेकोे लु. २ख २९१ नम्बरकाे यात्रुबाहक बस आज बिहान त्रिशुली नदीमा खस्दा पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ ।

पृथ्वी राजमार्गमा पर्ने धादिङको फिस्लिङबाट बस त्रिशुली नदी खसेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

फाइल फाेटाे
बस खसेलगत्तै पौडिएर केही यात्रु नदीबाट बाहिर निस्किएका छन् भने केहीलाई स्थानीयले जीवितै उद्धार गरेका छन् ।

उद्धार कार्य जारी रहेकाले दुर्घटनामा कति यात्रुको मृत्यु भयो भन्ने पूर्ण विवरण आउन बाँकी रहेको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सञ्जय तिमिल्सिनाले जानकारी दिए ।

उनले अहिलेसम्म १५ जनाको उद्धार गरिसकिएको बताए । नदीमा बस पूरै डुबेकाले नम्बर खुल्न सकेको छैन ।

नमस्ते अर्घाखाँची डिलक्स सेवाले हालै १० वटा नयाँ बस सो रुटमा सञ्चालनमा ल्याएको थियो ।

Leave A Reply

Your email address will not be published.