mero sathi tv

बम बिस्फोटमा परी विनोद चौधरीको मृत्यु !!

दाङमा भएको वम बिस्फोटमा परि घाईते भएका एक म्यादी प्रहरीको उपचारका क्रममा ज्यान गएको छ । मृत्यु हुनेमा म्यादी प्रहरी विनोद चौधरी रहेको प्रहरीले ज नाएको छ ।

मंगलबार अपरान्ह भएको बम बिस्फोटमा परी घाइते भएका चेोधरीको उपचारका क्रममा बुधबार बिहान २:३० बजे कोहलपुर मेडिकल कलेजमा ज्यान गएको दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिँहले जानकारी दिए ।

बम बिस्फोटबाट घाइते भएका मध्ये तीनजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । बाँकी पाँचजनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दाङको तुलसीपुरमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कांग्रेसको चुनावी आमसभालाई लक्षित गर्दै अज्ञात समूहले बम विस्फोट गराउँदा नौजना घाइते भएका थिए ।

आमसभास्थलको झन्डै पाँच सय मिटरको दूरीमा रहेको तुलसी बोर्डिङनजिकै बम विस्फोट भएको थियो । मोटरसाइकलमा आएका दुईजनाको समूह बम फालेर भागेको थियो ।

Leave A Reply

Your email address will not be published.