mero sathi tv

घोषणापत्रबाट शासकीय स्वरुप गायब पारेका प्रचण्डको यस्तो जिकिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य हुन लागेकाे जिकिर गरेका छन् । एमालेसँग पार्टी एकता गर्ने भन्दै वाम गठबन्धन गरेपछि गठबन्धनले सार्वजनिक गरेको घोषणापत्रमा शासकीय स्वरुप गायब पारिएको छ ।
चितवनमा प्रचण्डलाई भोट माग्न पुगेका मनोज गजुरेल लगायतका कलाकारहरुले भावी राष्ट्रपतिको रुपमा प्रचण्डलाई भोट मागिरहेका छन् । प्रचण्डले आफ्ना मन्तव्यमा यही संसदीय व्यवस्था अन्तर्गत हो कि संविधान संशोधन गरेर शासकीय स्वरुप परिवर्तन गरेर राजनीतिक स्थिरता कायम गर्ने हो खुलाउने गरेका छन् । स्मरणीय छ, पछिल्लो १० वर्षमा १० र २५ वर्षमा २६ सरकार बनेका छन् ।

बुधबार भरतपुर-२४ काे नयाँ बस्तीमा अायाेजित काेण सभामा प्रचण्डले भने, ‘वाम गठबन्धनबाट एमाले र माअाेवादीका नेता, कार्यकर्ता मात्र खुसी छैनन्, देशमा राजनीतिक स्थिरता, अार्थिक विकास र समृद्धि चाहने कांग्रेस भित्रका देशभक्त र लाेकतन्त्रका पक्षधर शक्तिहरु पनि खुसी छन् । नेपालमा राजनीतिक अस्थिरताकाे युगकाे अन्त्य हुँदैछ, तमसुक गरेर सरकार फेर्ने परिपाटीकाे अन्त्य हुँदैछ।’

‘अबकाे युग विकासकाे युग हाे, अार्थिक समृद्धिका लागि प्रतिस्पर्धा गर्ने युग हाे,’ प्रचण्डले भने, ‘एमाले र माअाेवादीकाे एकताले समृद्धिकाे ढाेका खाेल्नेछ ।’ उनले मंसिर १० गते ३२ जिल्लामा पहिलाे चरणकाे सम्पन्न चुनावमा वाम गठबन्धनको दुईतिहाई भन्दा बढी मत आएको सजिलै आएको अनुमान गरिएको बताए । उनले भने, ‘अब देशमा वामपन्थीहरुकाे दुईतिहाई मतद्वारा स्थिर सरकार र विकासले गति लिनेछ ।’

Leave A Reply

Your email address will not be published.