mero sathi tv

उदयपुरमा बम विस्फोट : कांग्रेस उम्मेदवार कार्कीसहित चारजना घाइते

उदयपुरको दनुवारवशीमा उम्मेदवारलाई लक्षित गरेर बम विस्फोट भएको छ । विस्फोटमा परि प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीसहित चारजना घाइते भएका छन् ।

चुनाव प्रचारका लागि गएका बेला बम विस्फोट भएको र कांग्रेस उम्मेदवार कार्कीको अवस्था गम्भीर रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । यस्तै कांग्रेस कार्यकर्ता मिरा कटुवाल पनि गम्भीर घाइते हुनुभएको छ ।

बम लागेर उहाँको दुवै खुट्टामा गम्भीर चोट लागेको छ । यस्तै बा १५ च ७८०६ नम्बरको गाडीका चालक राजन कार्की र कांग्रेस कार्यकर्ता धनमाया धौलाकोटी पनि घाइते हुनुभएको छ । घाइतेलाई उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याउने तयारी भएको छ ।

घाइतेको अहिले स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार भइरहेको छ । बम कसले विस्फोट गराएको भन्ने थाहा भएको छैन । अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Leave A Reply

Your email address will not be published.