mero sathi tv

विद्युतीय धरापमा परी उम्मेदवारसहित ४ जना गम्भीर, उपचारका लागि हेलिकोप्टरबाट काठमाडौँ पठाउने तयारी !!

उदयपुरमा विद्युतीय धरापमा परी उम्मेदवारसहित ४ जना गम्भीर घाइते भएका छन्।

प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले दिएको जानकारी अनुसार प्रतिनधिसभा निर्वाचन क्षेत्र २ का नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीसहित विद्युतीय धरापमा परी ४ जना गम्भीर घाइते भएका छन्।

उदयपुरगढी गाउँपालिका-६ मा पर्ने दनुवारवेसीमा भएको आक्रमणमा परी उम्मेदवार नारायणबहादुर कार्की, कांग्रेस कार्यकर्ता मीरा कटुवाल, धनमाया धौलाकोटी र उम्मेदवारका गाडी चालक राजन कार्की गम्भीर घाइते भएका छन्। चारै जना गम्भीर घाइते भएकाले उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर मगाइएको प्रजिअ श्रेष्ठले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.