mero sathi tv

चुनाव हार्ने देखिएपछि चन्द्र भण्डारीले गुल्मीका पत्रकारलाई गरे गाली

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं गुल्मी क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार चन्द्र भण्डारीले चुनाव हार्ने अवस्था देखिएपछि पत्रकारमाथि गम्भीर आरोप लगाएका छन ।

भण्डारीले गुल्मी जिल्लामा आफूले गरे भनी अरुले गरेका विकास निर्माणका कामका सम्बन्धमा गरेका झूठो दावीको पत्रकारहरुले भण्डाफोर गरेसँगै उनी सञ्चारकर्मीमाथि तल्लोस्तरकाे आरोपमा उत्रिएका हुन ।

चुनाव प्रचारका अभियानमा जिल्लामा भएका सबै विकास निर्माणका काम मैले गरेको हुँ भन्दै जनतामा भ्रम सृजना गर्दै हिडेका भण्डारीले बिपक्षीले केहि गरेनन भनेर आरोप लगाएसँगै जिल्लामा रहेका केही पत्रकारले सत्यतथ्य बाहिर ल्याएका थिए ।

भण्डारीका भ्रामक, कपोकल्पित र मनगणन्ते विकासे मतदाता ढाट्ने कुरालाई पत्रकारले जनतामाझ जस्ताको तस्तै प्रमाणसहित बाहिर ल्याएपछि उनी सामाजिक सञ्जालमार्फत पत्रकारमाथि खनिएका हुन ।

Leave A Reply

Your email address will not be published.