mero sathi tv

चाँडै मर्छन् यस्तो बानी भएका मान्छे, अनुसन्धानमा भयो आश्चर्यजनक खुलासा

हामीले दैनिक जीवनमा गर्ने सानातिना काम पनि मृत्युको कारण बन्छन् भन्ने थाहा पाउँदा तपाइँलाई आश्चर्य लाग्न सक्छ । तर हालै भएको एक अनुसन्धानमा यस्तै आश्चर्यजनक खुलासा भएका छन् । बैज्ञानिकहरुले अनुसन्धानमा प्राप्त नतिजा सार्वजनिक गर्दै धेरै रिसाउने मानिसहरुको समयभन्दा पहिल्यै मृत्यु हुने खुलासा गरेका छन् ।

मानिसहरुमा बढिरहेको रिसाउने प्रवृत्तिका विषयमा वैज्ञानिकहरुले अनुसन्धान गर्दा शरीरमा यसले पार्ने हानीकारक प्रभावको बारमा पत्ता लगाएका हुन् । लोवा स्टेट युनिभर्सिटीका बैज्ञानिकहरुले गरेको अनुसन्धानका अनुसार धेरै रिसाउने व्यक्तिको मृत्यु नरिसाउने व्यक्तिको भन्दा डेढ गुणा छिटो हुन्छ । रिसाउँदा मानिसको शरीरमा कैयौं खतरनाक परिवर्तन आउँछन् । यी परिवर्तनहरु स्ट्रेसदेखि मनोरोगसम्म हुन सक्छन् । रिसाउँदा शरीरमा निकै तीब्र गतिमा एड्रेनालाइन नामक पदार्थ बहन्छ । यसले डिएनएलाई नोक्सान गर्छ र मानिको मृत्युसमेत हुन सक्छ ।

Leave A Reply

Your email address will not be published.