mero sathi tv

काँकडभिट्टाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ

झापाको पूर्वी नाका काँकडभिट्टाबाट लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका– ६ निवासी २६ वर्षीय राहुल प्रधानलाई पक्राउ गरेको हो।

प्रहरीले उनको साथबाट १ ग्राम ५० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार भारतको पानीट्याङ्कीबाट नेपालतर्फ हिँडेर आइरहेको शंका लागेर चेकजाँच गर्दा उनको हातको मुठ्ठीमा ब्राउनसुगर भेटिएको थियो।

पक्राउ परेका प्रधानलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकँडभिटटमा राखिएको छ। प्रहरीले केही दिनअघि सोही नाकाबाट ७ ग्राम ब्राउनसुगरसहित दुई युवकलाई पक्राउ गरेको थियो।

Leave A Reply

Your email address will not be published.