mero sathi tv

१५ वर्षीया किशोरीलाई बलात्कार गरी हत्या गर्ने तीनजनालाई मृत्युदण्डको सजाय सुनाइयो, घृणित कुकृत्य गर्ने सबै २० वर्षका थिए

किशोरी बलात्कार र हत्याको अभियोगमा भारतमा तीनजनालाई मृत्युदन्डको सजाय सुनाएको छ । भारत, महाराष्ट्रको अहमदनगर जिल्ला अदालतले १५ वर्षीया किशोरीलाई बलात्कार गरी हत्या गर्ने तीनजनालाई मृत्युदन्डको सजाय सुनाइएको हो । २० वर्षका ती तीनजनाले गत वर्षको जुलाईमा उक्त घृणित कुकृत्य गरेका थिए ।

अदालतले नोभेम्बर १८ मा उनीहरुलाई दोषी ठहर गरेको थियो । घटनालगत्तै महाराष्ट्रमा लाखौं व्यक्ति मौनविरोध प्रदर्शनमा उत्रिएका थिए । यो घटनालाई दिल्लीमा सन् २०१२ को नृशंस सामूहिक बलात्कार कान्डसँगसमेत तुलना गरिएको छ ।

Leave A Reply

Your email address will not be published.