mero sathi tv

बम पड्काएर मान्छे मार्दा पनि सरकारले केही गर्न सकेन : नेता पुन

प्रेस सेन्टर र प्रेस चौतारी दाङले बुधबार घोराहीमा गरेको पत्रकार भेटघाटमा पूर्वअर्थमन्त्री पुनले हिजो सँगै हतियार उठाएका मित्र (नेत्रविक्रम चन्द समूह)ले अहिले गलत समयमा फेरि हतियार उठाएको भन्दै गुनासो गरे । ‘हिजो आवश्यकता थियो र हामीले सँगै हतियार उठायौंँ तर अहिले यही संविधानबाट समाजवाद साम्यवादसम्म पुग्न सकिने ठाउँ छ’, उनले भने ।

नेकपाको हतियार अराजकता र अपराधीकरणका लागि प्रयोग हुन थालेको भनी उनले चिन्ता व्यक्त गरे ।

सरकारले बम पड्काएर मान्छे मार्दा पनि केही गर्न नसकेको भनी पुनले आक्रोश व्यक्त गरे ।

 

Leave A Reply

Your email address will not be published.