mero sathi tv

म्यादीको कमाइले छोरीलाई बोर्डिङ पढाउने विनोदको सपना बमले उडायो (नालीबेली पढ्नुहोस)

मंगलबार कांग्रेसले तुलसीपुरको अरनी मैदानमा बृहत चुनावी सभा गरेको थियो। प्रधानमन्त्री तथा कांग्रेस सभपति शेरबहादुर देउवा तुलसीपुर आउँदै थिए ।

सभास्थलको झन्डै डेढ सय मिटर पर बसपार्क जाने सडकमै म्याद प्रहरी विनोद चौधरी ड्यूटीमा थिए। दिउँसो साढे ३ बजे प्रधानमन्त्री चुनाव सभास्थलमा प्रवेश गर्दा मोटरसाइलकलमा आएका अज्ञात व्यक्तिले उनको छेउमा शंकास्पद वस्तु फालेर भागे। उनीहरूले फालेको त्यो चिज बम रहेछ।

केहीबेरमै ठूलो आवाजमा बम पड्कियो। २३ वर्षीय चौधरीसहित ९ जना घाइते भए। गम्भीर घाइते भएका विनोदको उपचारका क्रममा बुधबार बिहानै साढे २ बजेतिर कोहलपुर मेडिकल कलेजमा मृत्यु भयो। यो खबर नारायण खड्काले सेतोपाटीमा लेखेका छन् ।

स्थानीय चुनावका बेला म्यादी प्रहरीमा भर्ना भएका तुलसीपुर- १२का चौधरी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि फेरि भर्ना भएर तुलसीपुरमै खटिएका थिए। घरको जोहो टार्न उनी दोस्रो पटक दोस्रो पटक म्यादी भएका थिए।

उनको सपना थियो, बचेको पैसाले कुखुरा फर्म खोल्ने र त्यसको आम्दानीले छोरीलाई राम्रो बोर्डिङमा पढाउने। अार्थिक अभावका कारण उनी अाफूले भने चाहेजति पढ्न पाएका थिएनन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ क्वाङ्गी निवासी विनोदले व्यवस्थापनबाट कक्षा १२ पास गरे।

झन्डै चार वर्ष स्थानीय बोर्डिङ स्कुल र गाउँकै प्रावि स्कुलमा पढाएर १०+२ पुरा गरे पनि बाँकी अध्ययन सँगै घर व्यवहार पनि धान्नु पर्ने भएकाले राप्ती बबई क्याम्पसमा बिबिएस दोस्रो वर्ष पढ्दापढ्दै छोडे।

करिब १० किमी दुरी साइकल पेलेर क्याम्पस पढेका उनको अगाडिको शैक्षिक यात्रा पूर्णविराम लाग्यो। ढेड वर्षीय छोरीका बाबु चौधरीले तीन वर्षअघि घोराहीको वन घुस्रीबाट अञ्जनासँग मागि विवाह गरेका थिए।

१९ वर्षीया श्रीमतीसहित परिवारको पालन पोषण र छोरीलाई राम्रो शिक्षा दिलाउनु पर्ने बाध्यता विनोदमै थियो। परिवारका झाँइला सन्तान विनोदभन्दा माथिका राँइला दाजु जीतबहादुर चौधरी नेपाली प्रहरीका जागिरे हुन् र कान्छा भाइ अविवाहित छन्।

परिवारमा अलि पढे लेखेका विनोद भएकैले घर परपरिवारको बोझ उनैमा थियो। उनका सात भाइ र एउटी बहिनी छन्। बाबुआमासँग विनोद र तीन भाइ थिए।

‘उता बुढा बुआमाको उपचार गर्नु थियो, सानी छोरीलाई राम्रो स्कूलमा पढाउनु थियो र बेरोजगार भाइलाई विदेश पठाउने सपना पनि विनोदमा थियो,’ ३२ वर्षीय दाजु तेजबहादुर चौधरीले सेतोपाटीसँग भने,‘त्यसैले गर्दा पनि विनोद रकमकै जोहो गर्न दोस्रो पटक म्यादीमा भर्ना भएको हो।’

उनका ठूला बुवाका छोरा छवि चौधरीले भने म्यादीबाट आएको पैंसाले घरमै कुखुरा फार्म खोलेर छोरीलाई बोर्डिङमा पढाउँछु भनेरै भर्ना भएको बताए।

Leave A Reply

Your email address will not be published.